| मङ्लबार, कार्तिक २४, २०८३

बैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनीक बिदा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनीक बिदा दिएको छ । २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आचार्यले बताए ।
बैशाख १२ गते सोमवार गाउँपालिका भित्रका सबै कार्यालय, बित्तिय संस्था, विद्यालय बन्द हुनेछन् । गाउँपालिकाले शुक्रवार सुचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो ।
बारपाकमा भुकम्पमा परी ७२ जनाले ज्यान गुमाएका थिए भने झण्डै १२ सय घरधुरी रहेको बारपाकका सबैजसो घर ढलेका थिए ।

May be an illustration of text that says 'बारपाक गाउपालिका गाऊँ कार्यशालरिकाको कार्यालय प.सं :०७६/७९ च.नं. 9669 मिति:२०७९।०१।०९ सूचना। सूचना। सूचना 11 विषय: सार्वजनिक विदा गरिएको। प्रस्तुत सम्बन्धमा यस बारपाक सुलिकोट गाउँपालिका गाऊँकार्यपालिकाको मिति २०७६। १२ ㅇ5 को निर्णयअनुसार '२०७२' को गोरखा बारपाक भुकम्पबाट ज्यान गुमाउनेहरुको स्मृतिमा सम्झना स्वरूप मिति २०७९।०१।१२ गते सोमबारका दिन यस बारपाक सुलिकोट गाउँपालिका अन्तर्गतका सरकारी तथा गैर-सरकारी कार्यालय, बैंक तथा वित्तिय सँस्था बिद्यालयहरुमा सार्वजनिक विदा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ| (तुलसी राम आचार्य) Αലീയേട प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत Webite:www.barpaksulikotmun.gv.p Email: barpaksulikotrm@gmail.com Phone no: 9856010060'
प्रतिक्रिया दिनुहोस्