| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ । गोरखामा बिहिवार मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएसँगै सबै पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए ।

मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश दिनबन्धु बरालले मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । जिल्लामा क्रियाशिल राजनीतिक दलका नेताहरुको रोहवरमा जिल्ला समन्वय समितिको भबनमा बोर्ड राखेर मूख्य निर्वानचन अधिकृत बरालले कार्यालय सुभारम्भ गरेका हुन् । ‘निर्वाचन संम्बन्धी हामीले गर्नुपर्ने काम यहाँबाट अब सुरु हुन्छ’ उनले भने ।

No description available.

गोरखा नगरपालिकाको निर्वाचनको सबै काम मूख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ भने अन्य पालिकालाई सघाउने, समस्या सुल्झाउने काम पनि मूख्य निर्वाचन अधिकृतको हुनेछ । निर्वाचन अधिकृतको कार्यालयमा पाँच÷पाँच जना सुरक्षाकर्मी खटिनेछन् । १० भन्दाकम वडा रहेको ठाउँमा छ जना र सो भन्दा बढी वडा रहेको ठाउँमा सात जना कर्मचारी खटिएको निर्वाचन कार्यालयले जनाएको छ । गोरखामा तीन सय ११ मतदान केन्द्र र दुई सय १५ मतदान स्थल रहेको छ ।

यस्तै मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले बिहिवार नै सर्वपक्षिय छलफल गरेको छ । जिल्ला समन्वय समितिको हलमा भएको छलफल कार्यक्रममा दलका नेताहरुले निश्पक्ष र भयरहित निर्वाचन गर्न प्रतिवद्ध रहेको बताएका छन् । साथै उनीहरुले निर्वाचन सम्पन्न गर्न खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत सबैले निश्पक्ष भएर निर्वाचनमा आफ्नो भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

बैशाख ११ र १२ गते मनोनय दर्ताका क्रममा कुन दल कति गते, कति बजे आउने भन्ने विषयमा टुङ्गिएको छैन । नेकपा एमालेका जिल्ला सचिव काजिराम रोकाले १२ गते बिहान ११ बजे मनोनय दर्ता गर्न आउने बताए । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी लगायतका दलले उक्त विषयको जानकारी पार्टीमा सल्लाह गरेर दिने बताएका थिए । मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश दिनबन्धु बरालले ब्यवस्थित रुपमा मनोनय दर्ताको काम अघि बढाउन आलोपालो गरेर आउन अनुरोध गरे । ‘आचारसंहिता उलंघन नगर्ने गरी मनोनय दर्ता प्रक्रियामा सहभागी भईदिनुहोला’ उनले भने । दलहरु एकै समयमा आउँदा कामको चाप धेरै हुने, झडप हुन सक्ने तर्फ पनि ध्यान दिन उनले सुझाब दिए ।

मनोनयन दर्ताका क्रममा वडाबाट उम्मेदवार दिने सबैको समर्थक प्रस्ताबक सोही वडाको एक÷एक जना ब्यक्ति बस्न सक्छन् । पालिकाको हकमा पालिका भित्रका एक÷एक जनाले प्रमुख, उपप्रमुखलाई समर्थन गर्ने सक्नेछन् । समर्थक प्रस्ताबकको मतदाता नामावलीमा नाम समेटिएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्