| मङ्लबार, कार्तिक २४, २०८३

निजामती कर्मचारी युनियन गोरखाद्वारा भित्तेपात्रो बिमोचन एवं शुभकामना आदानप्रदान

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति गोरखाले नयाँ बर्ष २०७९ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितिको हलमा सोमवार आयोजित एक कार्यक्रमका बीच प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भित्तेपात्रो बिमोचन गरेका हुन् ।

कर्मचारी युनियन गोरखाका अध्यक्ष लेखबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले भित्तेपात्रो प्रकाशन गरेर कर्मचारी युनियनले रचनात्मक काम गरेको बताए । साथै उनले कर्मचारी ऐन नियम भित्र रहेर आफ्नो कामप्रति संवेदनशील हुन समेत अनुरोध गरे ।

कर्मचारी युनियनका केन्द्रीय सदस्य सुवन शर्माले गोरखामा रहेका निजामती कर्मचारीको हक हित र अधिकारका लागि केन्द्रीय समितिसँग निरन्तर पहल गरिरहने बताए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश उपाध्यक्ष रामचन्द्र पाण्डे, कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष रुलबहादुर आले लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्