| मङ्लबार, कार्तिक २४, २०८३

जबरजस्ती करणी प्रयास गरेको आरोपमा श्रेष्ठ पक्राउ

गोरखा घर भएका एक जना स्वास्थ्यकर्मी जवरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला अस्पताल चामेमा कार्यरत एक स्टाफ नर्सलाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा बिरबहादुर श्रेष्ठलाई मनाङ प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले जानकारी दिए ।

शनिबार राती खोपको बारेमा छलफल गर्न भनेर डाकेर जवरजस्ती करणी प्रयास गरेको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरीएको हो ।

स्वास्थ्य कार्यालय मनाइ परिवार नियोजन सुपरभाइजर निरीक्षक रहेका श्रेष्ठलाई शनिबार राती नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई जबरजस्ती करणी मुद्वामा जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरि पुरपक्षको लागि राखिएको र थप अनुसन्धान सुरु गरीएको प्रनाउ केसिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्