| आइतवार, कार्तिक २२, २०८३

प्रहरी नियन्त्रणबाटै फरार

सालको काठ अबैध कारोबार गर्नेलाई कारबाही

जिल्ला बन कार्यालय गोरखाले अबैध रुपमा काठ काटेर ओसारपोसार गरेको आरोपमा तीन जनालाई कारबाही गरेको छ ।
कार्यालयले सोमबार पालुङटार नगरपालिका ४ की निर्मला भूजेल, गुणराज गिरी, र प्रदिप सुनार मुद्धा दर्ता गरी सोमबार नै कारबाहीको फैसला गरेको हो ।
अनुमति बिनै सालको काठ काटेर ओसारपोसार गरेको भेटिएपछि संलग्न अभियुक्त बिरुद्ध सोमबार नै मुद्दा दर्ता गरी फैसला गरीएको जिल्ला वन कार्यालयका सुचना अधिकृत सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।
‘‘अभियुक्तहरुलाई जनही एक हजार जरीवाना गरिएको छ’ उनले भने ‘काठ ओसारपोसारमा प्रयोग गरिएको ट्याक्टरका साहु गुणराज गिरीलाई भने थप आठ हजार जरिवाना गरिएको छ ।’
बल्छौडीका अनुसार अभियुक्तबाट ३०.२५ क्युफिट काठ बरामत गरीएको थियो ।
मुद्धा दर्ता भएकै दिनमा फैसला गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्