| मङ्लबार, कार्तिक २४, २०८३

समिक्षाले बयान फेरिन, पल शाहा बिरुद्धको मुद्धा कमजोर

अभिनेता पल शाहले बलात्कार गरेकोभन्दै जाहेरी दिएकी नाबालिगले अदालतको बकपत्रमा बयान बदलेकी छिन्। पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्।

तर आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिग गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन्। उनले बकपत्रमा आफु विरामी रहेको र  मानसिक अवस्था समेत ठिक नभएको भन्दै प्रहरीमा के-के बयान गरेको हो सो समेत थाहा नभएको बताएकी थिइन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुबै अदालतले प्रारम्भिक सनुवाई गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन्।

आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।

मुख्य पीडितले नै बयान बदलेर हैन भनेपछि मुद्दा कमजोर बनेको छ।

प्रतिक्रिया दिनुहोस्