| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा एक महिने ढाकाटोपी बनाउने तालिम सम्पन्न

गोरखामा महिलाहरुलाई आर्थिक आर्यआजनमा सहयोग पु¥याउन एक महिनो ढाकाटोपी बुन्ने तालिम दिएको छ । गोरखा महिला उद्यमी संघ नेपालको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको छ ।

उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत महिलाहरुलाई एक महिने ढाकाटोपी बुन्ने तालिम संचालन गरिएको हो । बुधबार एक कार्यक्रम गरी उक्त तालिमलाई समापन गरिएको संस्थाका सचिव सिर्जना पाण्डेले बताइन् । उनका अनुसार तालिममा १० जना सहभागिता रहेको थियो । महिलाहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीमा सहभागीता गराउनका लागि एक महिने ढाकाटोपी बुन्ने तालिम संचालन गरिएको उनले बताए ।

नगरपालिकाको करिब दुई लाखको बजेटबाट संचालन गरिएको एक महिने तालिमको अवधिमा ढाकाको टोपी, कालो टोपी बुन्ने तालिम दिइएको महिला उद्यमी सघंकी अध्यक्ष रिता रेग्मी अर्यालले बताइन । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा उघोग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रशिक्षार्थी मुना बोहोरा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्