
स्थानीय आवश्यकता र विधानको संरचना अनुरुप तालमेल हुन्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र विद्यानको संरचना अनुरुप तालमेल हुने बताएका छन् । मंगलबार केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. महतले सो कुराको जानकारी दिएका हुन् । उहाँले निर्वाचनमा स्थानीय परिस्थिति, आवश्यकता र विधानको संरचना अनुरुप तालमेल हुने बताए।
सत्तारुढ दल नेपाली काँग्रेसको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका सन्दर्भमा सञ्चालन भएको ‘घर–घर जाऔँ, नेपाली काँग्रेस जिताऔं’ अभियान उत्साहका साथ सम्पन्न भएको पनि उनले जानकारी दिए ।
उहाँको स्थानीय निर्वाचनका लागि केही प्राविधिक कठिनाई रहेको र यसमा उम्मेदवारीको विषय पनि छिट्टै टुङ्गो लाग्ने भनाइ छ । राष्ट्रिय निर्वाचनमा सीमित सङ्ख्याको काँटछाँट गरेजस्तो नभएको र चाँडै नै कसरी तालमेल गर्ने भन्ने कुराको निष्कर्षमा पुग्ने उनले बताए ।




