| सोमवार, कार्तिक २३, २०८३

गोरखामा मनसुन सम्बन्धी आपत्कालीन कार्ययोजना बनाईँदै

गोरखामा बिपद् संम्बन्धी कार्ययोजना निर्माण हुने भएको छ । जिल्ला बिपद् ब्यवस्थापन समिति मातहत रहेर जिल्ला भित्र आईपर्ने बिपद्का घटना न्यूनिकरण र समस्या समाधानका लागि कार्ययोजना निर्माण गर्न लागिएको हो । सोही अन्तर्गत वर्षायाम नजिकिँदै गर्दा एक महिना भित्र मनसुन सम्बन्धी आपत्कालीन कार्ययोजना निर्माण गर्ने तयारी भएको छ ।


जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा अन्य संघ संस्थाको उपस्थितीमा मंगलवार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले विपद्मा काम गर्ने संघ संस्थाको प्राविधिक सहयोगमा रेडक्रस गोरखा शाखाले कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो । ‘बिपद्का बेला कसरी काम गर्ने, कुन संघ संस्थाले के गर्ने भन्ने पूर्व तयारीका लागि कार्ययोजना आवस्यक छ’ प्रमुख जिल्ला अधिकारी संकरहरि आचार्यले भने ।


बैठकले रेडक्रस जिल्ला शाखा गोरखालाई बिपद्को जिल्ला अगुवा सहयोगी संस्थाको जिम्मेवारी तोकेको छ । अन्य संघ संस्थाले पनि रेडक्रसलाई सहयोग गर्ने निर्णय भएको छ । जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा परिमार्जनको मस्यौदा गर्ने जिम्मा पनि रेडक्रसलाई दिइएको छ । आगामी मनसुनलाई लक्षित गरी खाद्य, गैरखाद्य सामग्रीको जोह गर्न अनुरोध गरिएको प्रजिअ आचार्यले बताए ।


बिपद्बाट बच्न पूर्व तयारी र त्यसबाट बच्ने उपाएका बारेमा सञ्चार माध्यामबाट जानकारी मुलक सुचना प्रशारण गर्न पालिका, संचार माध्यामलाई अनुरोध गर्ने निर्णय गरिएको छ । विपद्को पूर्वानुमान गरी जोखिम न्यूनिकरण तथा ब्यवस्थापनको क्षेत्रमा पूर्व तयारी गर्न सबै पालिकालाई बैठकले अनुरोध पनि गरेको छ ।


सोही क्रममा जिल्लामा क्रियाशिल गैरसरकारी संघ संस्थाले आफुले संचालन गरिरहेका कार्यक्रमको बारेमा पनि जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस्