| बिहिबार, असार १०, २०८३

मनास्लु आरोहणका लागि ९ जनाले अनुमति लिए

विश्वभरि फैलिएको कोभिड महामारी कम हुँदै गएपछि नेपालको पर्वतीय पर्यटन गुल्जार हुने संकेत देखिएको छ । वसन्त ऋतुमा गोरखाको मनास्लु आरोहणका लागि ९ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार हाल सम्म मनास्लु हिमाल सहित १७ वटा हिमाल चढ्न ५६ समूहबाट अनुमति लिएका चार सय ८० आरोहीमध्ये पुरुष आरोही तीन सय ६८ र महिला आरोही एक सय १२ रहेका छन ।

अहिलेसम्म लोत्से हिमाल चढ्न ५२ जनाले अनुमति लिएका छन् भने आमादब्लम हिमाल चढ्न ३९, कञ्चनजंघा चढ्न ३२, अन्नपूर्ण(१ चढ्न २६, धौलागिरि चढ्न २१, नुप्त्से २३, हिमलुङ चढ्न १६, मकालु चढ्न १५ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

हाल सम्मको तथ्यांकअनुसार नेपालका हिमाल चढ्न ५८ देशका आरोही आउने पक्कापक्की भइसकेको छरु। उनीहरू आरोहणका लागि काठमाडौं हुँदै सम्बन्धित क्षेत्रमा जाने क्रम सुरु भइसकेको छ । सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ४१ देशका दुई सय आरोहीले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ, जसमध्ये महिला आरोही ४६ र पुरुष आरोही एक सय ५४ रहेका छन ।

सगरमाथा चढ्न अनुमति लिएकामध्ये सबैभन्दा धेरै अमेरिकाबाट ४९ जना आरोही रहेका छन । युक्रेनसँग यद्ध गरिरहेको रसियाबाट पनि १४ आरोही सगरमाथा चढ्न आउने क्रम सुरु भइसकेको छ । यस्तै, युकेबाट २५, नेपालबाट १०, इन्डियाबाट १५, क्यानडाबाट ११, अस्टूेलियाबाट १०, चीनबाट नौ, अस्टिूयाबाट चार, आयरल्यान्डबाट चार आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिइसकेका छन ।

अहिले विदेशी आरोहीहरू आउन थालेपछि होटेलमा पनि अकुपेन्सी बढेको छरु। पर्वतारोहण मात्र होइन, टूेकिङमा जाने पर्यटक पनि आउन थालेका छनरु। कोभिड महामारी कम हुँदै गएपछि पर्यटक आगमनमा पनि सुधार हुँदै गइरहेको छ । मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यो संख्या कोभिडयताकै सबैभन्दा धेरै हो । सन् २०२१ मार्चको तुलनामा अहिले पर्यटक आगमन १८०.४७ प्रतिशतले वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ । सन् २०२१ मार्च महिनामा विभिन्न मुलुकबाट १४ हजार नौ सय ७७ पर्यटक आएका थिए ।
नेपालमा पहिलोपटक सफल हिमाल आरोहण सन् १९५० मा भएको थियोरु। त्यतिवेला फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेका थिएरु।

आठ हजार मिटरभन्दा बढी उचाइमा मानव पाइला परेको त्यो पहिलोपटक थियोरु। यस्तै, सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपाल संसारभरि नै हिमालयको देश भनेर चिनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्