| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा पहिलो, दोस्रो, चौथो, पाँचौँ शक्ति मिलेर तेस्रो शक्तिसित भिड्ने तयारी

शिव उप्रेती :

देशभर कांग्रेस र एमाले पहिलो र दोस्रो शक्तिका रुपमा चुनावी प्रतिस्पर्धा गर्दै छन् । त्यसैले कांग्रेसले माओवादी, जसपा, नेकपा एसलगायतका पाँचपार्टीलाई साथमा लिएरएमालेसित चुनाबी टक्कर गर्ने गृहकार्य गरिरहेको छ ।
तर गोरखामा भने फरक दृश्य छ । बिगत तीस बर्षदेखि कांग्रेस र माओवादी पहिलो र दोस्रो शक्तिको रुपमा चुनावी मैदानमा भिड्दै आएका छन् । एमाले र जसपा तेस्रो, चौथो शक्तिका रुपमा स्थापित छन् । त्यसपछिको शक्तिको रुपमा नेकपा एस छ ।

२०७९ बैशाख ३० मा हुने चुनावी प्रयोजनका लागि सत्ता गठबन्धनमा रहेका पार्टीहरुले चुनावी तालमेल गर्ने निर्णय गरेपछि दृश्य अझै रोचक देखिएको छ । यहाँ पहिलो, दोस्रो, चौथो, पाँचौ शक्तिका रुपमा स्थापित दलहरु मिलेर तेस्रो शक्तिसित प्रतिस्पर्धा गर्दैछन् । २०७४ को स्थानीय चुनावमा ११ मध्य नौ पालिका जितेको कांग्रेस र दुई पालिका जित्ने माओवादी चुनावी तालमेल गर्दैछन् । त्यसमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले पनि साथ दिएका छन् ।


पाँचबर्षअघिको चुनावमा २७,५०७ मतदाता रहेको गोरखा नगरपालिका जित्ने कांग्रेसका राजनराज पन्तले ६,५६० मत ल्याएका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीका कृष्ण रानाले ५,०२६ मत ल्याएका थिए । एमालेका उम्मेद्वार विश्वेश्वर कट्टेलले ४,२८३ र जसपाका ज्ञानेन्द्र कुमालले २,०८३ मत ल्याएका थिए । पहिलो र दोस्रो शक्तिका रुपमा कांग्रेस र माओवादी थियो ।

२५,७३० मतदाता रहेको पालुंटार नगरपालिमा नेपाली कांग्रेसबाट मेयर जित्नेदीपकबाबु कँडेलले४,६९८ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीकै विवश चिन्तनले ४,४१९, जसपाका अशोक देवकोटाले ३,९७६ र एमालेका जुद्धविलास भण्डारीले २,४१० मत ल्याएका थिए ।

७,८७५ मतदाता रहेकोधार्चे गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष जित्नेसन्तोष गुरुङले १,७०७ मत ल्याएका थिए ।उनका निकटत्तम प्रतिद्वन्द्वी तत्कालीन जसपाकालक्ष्मण गुरुङले १,६३८, माओवादीका सूर्यबहादुर गुरुङले १,१२८ मत ल्याएका थिए । एमालेले प्रमुख पदमा उम्मेद्वारी फिर्ता लिई जसपालाई सघाएको थियो ।

त्यस्तै ९,९३८ मत रहेको अजीरकोटमा कांग्रेसबाट अध्यक्ष बनेकाफणिन्द्र धितालले३,०३३ मत प्राप्त गरेका थिए ।उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीका दीपक देवकोटाले २,७०२, एमालेका गुणबहादुर भुजेलले ३४७ र जसपाका गणेश तामाङले १२१ मत ल्याएका थिए ।

१४,४२२ मतदाता रहेको आरुघाटमा कांग्रेसबाट जितेकापूर्ण दाहालले ३,४०४उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका बकबहादुर लामाले ३,०६४, माओवादी केन्द्रका जगनाथ खनालले १,९५२ र जसपाका हुकुम खड्काले ५७१ मत ल्याएका थिए ।

१५,०१३ मतदाता रहेको भीमसेन थापागाउँपालिकामा कांग्रेसबाट विजयीइश्वर पाण्डेले ३,९४३ मत प्राप्त गरेका थिए ।उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीका लोकप्रसाद बञ्जराले २,९८४, एमालेका सुरेश श्रेष्ठले १,२५५ र जसपाका चित्रकुमार श्रेष्ठले १,११४ मत प्राप्त गरेका थिए ।

१८,५०७ मतदाता रहेकोशहीदलखन गाउँपालिकामा माओवादीबाट जितेकारमेश थापाले ३,८०८ मत ल्याएका थिए ।उनका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण आलेले ३,४०३, एमालेका मनोज जोशीले २,५५६ र जसपाका उम्मेद्वार गोपालबाबु श्रेष्ठले १,८११ भोट ल्याएका थिए ।

१६,१७३ मतदाता संख्या रहेको सिरानचोक गाउँपालिकामा कांग्रेसबाट जित्नेराजु गुरुङले३,४०२ मत ल्याएका थिए ।उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनीले ३,२३५, एमालेका प्रेम गुरुङले १,७४० र जसपाका महेश गुरुङले १,४३१ मत प्राप्त गरेका थिए ।

१५,९५६ मतदाता रहेको बारपाक सुलीकोटमा माओवादीको तर्फबाट जित्नेविष्णुप्रसाद भट्टले ४,६५९ मत ल्याएका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका इन्द्रबहादुर गुरुङले ३,०२२, जसपाका जीतबहादुर घलेले १,०१६ मत जितेका थिए भने एमालेका धनीराम घलेले ८५५ भोट ल्याएका थिए ।

३,८६९ मत रहेको चुमनुब्रीमा कांग्रेसबाट अध्यक्ष जित्नेधनबहादुर गुरुङले१,२५३ मत ल्याएका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीका लाक्पा डुण्डुप लामाले १,१८५ मत ल्याएका थिए । एमालेकी कान्छीमाया गुरुङले ६४ मत ल्याएका थिए ।

१४,०५७ मत रहेको गण्डकीगाउँपालिकामा पनि कांग्रेसबाट जितेका होमबहादुर रानाले४,१३८ उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादीका दीपक तिमिल्सिनाले ३,८५७, एमालेका विष्णुप्रसाद पन्तले १,२४२ र जसपाका कुमार तिवारीले ५०३ मत प्राप्त गरेका थिए ।

पहिलो, दोस्रो, चौथोलगायतका शक्ति मिलेर तेस्रो शक्तिसित चुनावी प्रतिस्पर्धा गर्दा निषेध गरेजस्तो हुने नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा बताउँछन् । ‘पहिलो र तेस्रो मिलेर दोस्रोसित भिड्ने वा दोस्रो र तेस्रो शक्ति मिलेर पहिलोसित टक्कर गर्नुपर्ने हो’, उनले भने, ‘तर यहाँ पहिलो, दोस्रो, चौथो, पाँचौ शक्ति मिलेर तेस्रोसित प्रतिस्पर्धा गर्दैछन् । तत्कालका लागि नतिजा आफू अनुकूल जस्तो देखिए पनि प्रकारान्तरमा यो प्रतिकूल बन्न सक्छ ।’ प्रतिस्पर्धा गर्नै परे पनि पहिलो र दोस्रो शक्तिसित हुनु पर्नेमा त्यस्तो हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्