
गोरखामा क्र्डफ्लु नियन्त्रणका लागि नाकाहरुमा निगरानी बढाइने
गोरखामा क्र्डफ्लु नियन्त्रणका लागि जिल्ला प्रवेश गर्ने नाकाहरुमा निगरानी बढाउने निर्णय भएको छ । क्र्डफ्लु रोग नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिको वैठकले जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा निगरानी बढाउने निर्णय गरेको हो ।
वैठकमा जिल्लाका प्रमुख गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट लगायतका नाकामा निगरानी बढाउने र सोको सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्ने निर्णय भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाकी प्रमुख सर्मिला कुमालले बताइन् ।
त्यस्तै, जिल्लाभित्र क्र्डफ्लु पैmलिन नदिनका लागि जिल्ला भित्रिने तथा बाहिरिने पंन्छी तथा पंछीजन्य पदार्थ ढुवानीकर्तासँग नेपाल पशु चिकित्सक परिक्षण दर्तावाला पशु चिकित्सकबाट जारी भएको स्वास्थ्य प्रमाण पत्र भए नभएको चेकजाँच गर्ने र नभएको अवस्थामा ढुवानी कार्यमा रोक लगाउने निर्णय भएको उनले जानकारी दिइन् ।
जिल्लामा पालन भैरहेको पन्छीहरुमा क्र्डफ्लु रोगको निगरानीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले रोग सर्भिलेन्स टिमलाई सक्रिय रुपमा पन्छी फार्म र बजार सर्भिलेन्स गर्ने र नमूना संकलन गरी पशुपन्छी अन्वेषण प्रयोगशालामा परिक्षणको लागि पठाउने वैठकले निर्णय गरेको छ ।
क्र्डफ्लु रोगको रोकथाम र न्यूनीकरणका लागि स्थानीय तहको पशुसेवा शाखा तथा भेटेरिनरी अस्पतालमा जानकारी दिन समेत सरोकारवालाहरुलाई अनुरोध निर्णय गरेको छ । गोरखामा हाल क्र्डफ्लु नदेखिएको बताउदै कसरी सजगता अपनाउने भनेर जिल्लाका सरोकारवाला नियकाहरुसँग छलफल गरिएको उनको भनाइ छ ।




