| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा कोरोनाबाट ज्यान गुमाएका ८७ घरपरिवारले अझै राहत रकम पाएन

केशव गुरुङ :

विश्वभर पैmलिएको कोभिड–१९ को महामारीका कारण गोरखामा पनि धेरैले ज्यान गुमाए । अहिले कोभिड महामारी विस्तारै कम हुदै गएको छ । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५० हजार राहत रकम दिने घोषण ग¥यो ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार कोभिडका कारण गोरखाका एक सय ९५ जनाले ज्यान गुमाएका छन् । उनीहरु धेरैले राहत पाउन पाउन सकेको छैन । गोरखामा हालसम्म कोरोनाबाट ज्यान गुमाएका ५० जनाको परिवारलाई मात्र राहत रकम वितरण गरिएको कार्यालयका कोभिड फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

कार्यविधि अनुसार राहत रकम पाउन योग्य ५० परिवारलाई उनीहरुले बुझाएको निवेदन र आवश्यक प्रमाणका आधारमा वैक खातामा रकम निकासा गरेको उनले जानकारी दिए । गोरखा नगरपालिकामा १७, पालुङटार नगरपालिका, शहीदलखन र बारपाक सुलिकोट गाउँपालिकामा ६÷६, भिमसेन थापाका तीन, सिरानचोक गाउँपालिकामा ८, गण्डकी गाउँपालिकामा दुई, अजिरकोट र आरुघाट गाउँपालिकामा एक÷एक परिवारलाई राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।

कोभिडका कारण मृत्यु भएकामध्य राहत रकमका लागि एक सय ३७ जनाको निवेदन प्राप्त भएकामध्य ५० जनाले राहत रकम प्राप्त गरेका हुन् । पहिलो चरणमा प्रदेश सरबारबाट कार्यालयमा २५ लाख रुपैया मात्र प्राप्त भएकाले सबैलाई राहत रकम वितरण गर्न नसकिएको उनले बताए । बाँकी ८७ जनाका लागि रकम अपुग भएको र थप रकमका लागि स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश समक्ष माग गरेर पत्र पठाइसकेको अर्यालले जानकारी दिए । बजेट प्राप्त भएपछि बाँकी परिवारलाई दोस्रो चरणमा रकम वितरण गर्ने उनले भनाइ छ ।

यस्तै, कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई थप राहत रकमका लागि सबै जिल्लाबाट विवरण माग भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव श्रीराम तिवारीले बताए । ‘अहिले प्रदेशभरिमा एकहजार भन्दा बढी विवरण प्राप्त भएको छ । हामीले प्रदेश भरिका सबै जिल्लाबाट कोरोनाबाट ज्यान गुमाएको व्यक्तिहरुको विवरण माग गरिरहेका छौँ’, उनले भने, ‘कोभिडकै कारण मृत्यु भएको सबै प्रक्रिया पूरा गरेका व्यक्तिहरुलाई मात्र रकम दिने हो । निर्देशिकामा उल्लेख भएका सबै प्रक्रिया पूरा गरेको हुनुपर्दछ । प्रदेशभरिका सबै व्यक्तिको विवरण प्राप्त भएपछि छिट्टै रकम पठाउँछौँ ।’

कोभिडबाट ज्यान गुमाएका व्यक्तिहरुको प्रदेशभरिको विवरण प्राप्त भएपछि आगामि वैशाख १५ गतेभित्रमा सबै जिल्लाको स्वास्थ्य कार्यालयमा रकम पठाउने तयारीमा रहेको सचिव तिवारीले जानकारी दिए ।

कार्यविधिमा उल्लेख भएअनुसार सम्बन्धित परिवारले निवेदन सहित कोरोना संक्रमणको रिपोर्ट, अस्पताले उपलब्ध गराएको कोरोनाका कारण मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, राहत रकम दाबी गर्ने मृतकको नजिकको नातेदारको नागरिकता, बैक खाता चेकको प्रतिलिपि, मृतकसँगको नाता प्रमाणित स्वास्थ्य कार्यालयमा बुझाउनपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्