| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाकी अन्जिता नेपाल बारको महासचिवमा निर्वाचित

नेपाल बार एसोसिएसनको महासचिवमा गोरखाकी अधिबक्ता अन्जिता खनाल निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी गोरखा नगरपालिका ८ बराहकी खनाल ३ हजार ६ सय ८२ मतका साथ महासचिव पदमा विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्धन्दी अधिबक्ता केदार प्रसाद कोइरालालाई ६ सय ९ ३ मतले पछी पार्दै खनाल महासचिवमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । खनाल दुई दशक अघिदेखी यो क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

बारको इतिहासमा महासचिव पदमा महिला निर्वाचित भएको यो पहिलो पटक हो । बारको निर्वाचनका लागि चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो ।

शुक्रबार सम्पन्न मतगणना अनुसार बारको नयाँ कार्यसमितिमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानल विजयी भएको हो । निर्वाचित अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२ ९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्