
केरौँजाकी एलिजा, ‘स्टार अफ द इयर’
मिस इण्डिजेनियस २०१९ धार्चे २ केरौँजाकी एलिजा गुरुङ्ग ‘स्टार अफ द इयर’ बाट सम्मानित भएकी छिन् ।
आरके मनोरञ्जन समुहको बाइसौँ बार्षिकउत्सवको अवसरमा उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले सो अवार्डबाट सम्मान गरेका हुन् ।
गुरुङ्गलाई समाजसेवामा पु¥याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गरिएको आयोजक आरके मनोरञ्जन समुहले जनाएको छ ।
विशेष गरेर कोरोना भाइरसको उच्च जोखिम रहेका बेला भएको लकडाउनमा गोरखा, मनाङ लगायतका जिल्लासहित उच्च हिमाली क्षेत्र र अन्य स्थानहरुमा खाद्यान्न लगायतका राहत सामाग्री वितरणमा सक्रिय रहेकी उनलाई ‘स्टार अफ द इयर’ घोषित गर्दै सम्मान गरिएको समुहका अध्यक्ष राम केसीले जानकारी दिए ।
उनलाई बिहिबार एक कार्यक्रमका बीच मन्त्री आलेले सो सम्मान प्रदान गरेका हुन् । गुरुङ्गलाई धार्चे गाउँपालिकाले बालबिबाह न्युनिकरण सद्भावना दुत समेत घोषणा गरेको थियो । गुरुङ केही बर्षयता गोरखाको धार्चेमा बालबिवाह न्यूनिकरण अभियानमा सक्रिय रहदै आएकी छिन् ।




