| सोमवार, कार्तिक २३, २०८३

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रममा गोरखाका २८ विद्यालय छनौट

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत गोरखामा २८ विद्यालय छनौट भएका छन् । गण्डकी प्रदेशमा संचालित शैक्षिक संस्थाहरुको पूर्वाधार विकास एवं विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलाप संचालन र सुचना प्रविधिको विस्तारसँगै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सुरु गरिएको हो ।

शैक्षिक सुधार कार्यक्रम अन्तरगत एकदेखि आठ कक्षासम्म विज्ञान प्रयोगशालाका लागि दुईलाख, माविमा विज्ञान प्रयोगशालाका लागि तीनलाख, बालविकास केन्द्रका लागि दुईलाख र स्टीम ल्यावका लागि सातलाख रुपैयाँ विनियोजन गरिएको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

यस कार्यक्रमअन्तरगत चालुवर्ष गोरखाका नौवटा स्थानीय तहका २८ वटा विद्यालय छनौट भएका छन् । तीमध्य सबैभन्दा धेरै सिरानचोक गाउँपालिकाका नौवटा विद्यालय छनौट भएका छन् । सिरानचोक ६ को नामरुङ आधारभूत विद्यालय, वडा नं ४ को सर्वोदय आधारभूत विद्यालयमा एकदेखि कक्षा आठसम्म विज्ञान प्रयोगशालाका लागि दुई÷दुई लाख रुपैयाँ विनियोजन गरिएको छ । सो गाउँपालिकाको वडा नं ८ को जनज्योति मावि, वडा न २ को आहालभज्याङ मावि, वडा नं ५ को चित्रेपोखरी मावि, वडा नं १ को नेपाने मावि र वडा नं ८ को परोपकार आदर्श माविमा विज्ञान प्रयोगशालाका लागि तीन÷तीन लाख रुपैयाँ विनियोजन गरिएको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । सिरानचोक ३ को विज्ञान प्राविमा बालविकास केन्द्रलाई दुईलाख विनियोजन गरिएको छ भने वडा ७ को जनकल्याण मावि मावि आइसिटीका लागि छनौट भएको तर बजेट भने विनियोजन गरिएको छैन ।

यस्तै शहीदलखन गाउँपालिकाका चारवटा विद्यालय शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् । शहीदलखन गाउँपालिका ६ को पिपला पोखरी आधारभूत विद्यालय र वडा नं. ७ को चण्डिका आधारभूत विद्यालयमा एकदेखि आठ कक्षासम्मको विद्यालय विज्ञान प्रयोगशालाका लागि दुई÷दुई लाख र वडा नं ६ को भगवती हिमालय माविमा प्राविधिक धार सञ्चालित विद्यालयलाई प्रयोगशाला सुदृढीकरणका लागि चारलाख र वडा नं ८ को राम्चे प्राविमा बालविकास केन्द्रका लागि दुई लाख विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

गोरखा नगरपालिका वडा नं ६ को बालमन्दिर माविमा विज्ञान प्रयोगशाला तीन लाख, वडा नं ८ को सरस्वती माविको गणित प्रयोगशालाका लागि पाँच लाख र वडा नं ३ को विन्ध्यावासिनी माविमा स्टीम ल्यावका लागि सातलाख रुपैयाँ विनियोजना गरिएको छ ।

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत गण्डकी गाउँपालिका वडा नं ७ मा रहेको नेत्रज्योति मावि, वडा ८ को शक्ति मावि र वडा नं १ मा रहेको जनजागृति प्राविमा बालविकास केन्द्रका लागि दुई÷दुई लाख विनियोजन गरिएको छ ।

पालुङटार नगरपालिका वडा नं ९ को मदनेडाँडा माविमा स्टीम ल्यावका लागि सात लाख र वडा नं ८ को कालिका प्राविमा बालविकास केन्द्रका लागि दुई लाख रुपैया विनियोजन भएको छ ।

बारपाक सुलिकोट ३ को माझथर माविका स्टीम ल्यावको लागि सात लाख, वडा नं २ को कन्यादेवी आधारभूत विद्यालयमा विज्ञान प्रयोगशालाका लागि दुई लाख विनियोजन भएको प्रदेश सरकारले जनाएको छ ।

भिमसेन थापा ४ धावाको प्रभात माविमा स्टीम ल्याप र वडा नं ७ को पाटनदेवी माविमा विज्ञान प्रयोगशालाका लागि तीन÷तीन लाख विनियोजन गरिएको छ ।

अजिरकोट गाउँपालिका वडा नं ३ ज्ञानज्योति मावि प्रयोगशालाका लागि तीन लाख रुपैया विनियोजन गरिएको छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार सार्वजनिक गरेको कार्यक्रम अनुसार धार्चे ६ को मञ्ञुश्री मावि र वडा नं ४ लाप्राकको मणिकामदेवी माविका लागि छनौट भएको आइसिटीका कार्यक्रमका लागि भने बजेट नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्