| मङ्लबार, कार्तिक २४, २०८३

मृतकका आफन्त र कुटपिट गर्ने पक्ष बीच दुईलाख रुपैयाँमा समझदारी

शंकास्पद मृत्यू भएकी गोरखा नगरपालिका वडा नं. ११ बारकिलोकी फूलमाया परियारको परिबारलाई कुटपिट गर्ने पक्षले दुईलाख रुपैयाँ तिरेको छ । कोकाकोला चोरेको आरोपमा कुटपिट गर्ने सोही ठाउँकी दुर्गा आलेले दुईलाख रुपैयाँ तिरेको मृतकका भाइ धनबहादुर परियारले जानकारी दिए ।

‘उहाँहरुले दुईलाख रुपैयाँ तिर्नुभयो । हामीले लाश बुझेर ल्यायौँ र सतकत ग¥यौँ’, उनले भने, ‘प्रहरीमा पनि गएनौँ । मुद्दामामिला पनि गरेनौँ ।’
बारकिलो बजारको सार्वजनिक सौचालय सरसफाइको काम गर्दै आएकी ३६ बर्षीया परियारको गत मंगलबार भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो । गत हप्ताको बिहिबार उनकी सात बर्षकी छोरी बर्षा परियारले कोकाकोला चोरेको आरोपमा आलेले बालिकालाई कुटेको र सोही बिषयमा फूलमायामाथि पनि कुचोले कुटपिट गरेको भाइ नाता पर्ने अर्का विकास परियारको भनाइ छ ।

कुटपिटको घटनापछि परियार सिकिस्त बिरामी भई गोरखा अस्पताल र त्यसपछि भरतपुर अस्पतालमा उपचाररत थिइन् । ‘गोरखा अस्पतालले मृगौला लगायतका भित्रि अंगले काम नगरेको र डब्लुबिसीले काम नगरेको भन्दै भरतपुर रिफर गरेको रहेछ’, प्रहरी निरीक्षक रामजी देवकोटाले भने ।

भरतपुर अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा पनि आन्द्रा प्लाल परेको, मृगौला र कलेजोले काम नगरेको उल्लेख रहेको परियारले बताए ।

कुटपिटबाटै मृत्यू भएको हुनसक्ने आरोपमा स्थानीयबासीले बुधबार रातभर बारकिलो प्रहरी चौकीमा नाराबाजी र घेराउ गरेका थिए ।
तर बिहिबार दिउसो कुटपिट गर्ने पक्ष र मृतकका आफन्तहरु बीच छलफल हुँदा दुईलाख रुपैयाँ लेनदेनमा समझदारी भएको मृतकका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्