
गोरखा नगरपालिकामा मेयरका लागि कांग्रेसबाट १०, उपमेयरका लागि ७ जना आकांक्षी
गोरखा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट १० जना आकांक्षी देखिएका छन् ।
हालका मेयर राजनराज पन्त, जिल्ला उपसभापति इमानसिंह बस्नेत, जिल्ला सचिव किशोरजंग थापाले मेयरमा दावी गर्दै पार्टीको नगरसमितिमा उम्मेद्वार दरखास्त फाराम पेश गरेका छन् ।
हालका उपमेयर बिनाकुमारी श्रेष्ठ, गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, महाधिवेशन प्रतिनिधि पूर्णबहादुर (ध्रुब) पन्त, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, बहालवाला वडा अध्यक्ष डिलबहादुर थापा, कांग्रेसका जिल्ला कार्य समितिका पूर्व कोषाध्यक्ष भुगोल थापा, गोरखा नगर कार्यपालिका सदस्य हरि गान्धारीले पनि दावीपत्र पेश गरेको नगरसमितिले जनाएको छ ।
उपमेयरका लागि मिनादेवी श्रेष्ठ, पुष्पा श्रेष्ठ, सरद श्रेष्ठ, गोमा दवाडी, मसलिमाया थोकर, पम्फा गान्धारी, रिता परियारले दावी गरेको नगर समितिले जनाएको छ । नगर समितिसमक्ष उनीहरुले उम्मेद्वार बन्नका लागि पत्र पेश गरेका हुन् । नगर समितिले सर्वसम्मत बनाउन प्रयास गर्ने र नटुङ्गिएमा जिल्लामा पठाउने नगर सभापति चन्दनबाबु खत्रीले बताए ।
गोनपा ६ मा कांग्रेसबाट वडाअध्यक्षमा ७, चार सदस्यका लागि २१ जनाको दावी
गोरखा सदरमुकामको मुख्य बजार क्षेत्र भित्र पर्ने गोरखा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षका लागि नेपाली कांग्रेस भित्र सात जनाले उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् ।
नेपाली कांग्रेस वडा समितिले नगरमा पेश गरेको बिवरण अनुसार वडा नम्बर ६ मा कांग्रेसका जिल्ला सदस्य एवं प्रवक्ता भगवानबाबु मास्के, तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङ (काजी), हाल नगर कार्यपालिका सदस्य रञ्जिला श्रेष्ठ, नेपाली कांग्रेस नगर उप सभापति विशेश्वर श्रेष्ठ, हालका वडा अध्यक्ष नारायणप्रसाद अर्याल, वडा सभापति अजितकुमार श्रेष्ठ, सदस्य रंगुबाबु श्रेष्ठले इच्छा जाहेर गरेका छन् ।
महिला आरक्षण तर्फ एक जनाका लागि ५ जनाको उम्मेद्वारी परेको छ । सुनीता श्रेष्ठ थापा, रुपा थापा, मञ्जु अर्याल, सुनिता अर्याल, रमादेवी श्रेष्ठले दावी गरेका छन् । दलित आरक्षणको एक सदस्यका लागि भगवती बिक, मनिषा परियार, लालमाया सार्कीले दावेदारी प्रस्तुत गरेका छन् ।
खुल्ला सदस्य २ का लागि १३ जनाको दावी छ । श्रीराम भुषाल मगर, दिपकबाबु श्रेष्ठ, सित्तलकाजी मास्के, प्रेमबाबु श्रेष्ठ, राजेन्द्र अर्याल, ओमबहादुर श्रेष्ठ, भरत श्रेष्ठ, इश्वरप्रसाद लामिछाने, जमिल मियाँ, मिलन राना, बर्गतुल्ला मियाँ, हरिप्रसाद गोतामे, भिमबहादुर बिकले दावेदारी दिएका छन् ।
गोरखा नगरपालिका वडा नम्बर २ मा रहमतुल्ला मियाँ, ८ मा कृष्णबहादुर खत्री, ९ मा कुलबहादुर कँुवर, ११ मा सुनिल कुँवर, १२ मा चोभनाथ संग्रौलाको नाम वडाबाट सर्वसम्मत अध्यक्षका लागि नगर समितिमा सिफारिस भएको भएको कांग्रेस नगर सभापति चन्दनबाबु खत्रीले बताए ।
वडा नम्बर ३ मा अध्यक्षका लागि ९ जनाले दावी गरेका छन् भने दलित महिला एक सदस्यका लागि दुई जना, महिला सदस्य एकका लागि चार जना र खुल्ला दुई सदस्यका लागि पाँच जनाले उम्मेद्वार आफु हुन पाउनुपर्ने प्रस्ताव गरेका छन् ।




