
एकीकृत समाजवादी लाप्राकको अध्यक्ष अपिल गुरुङ
नेकपा एकीकृत समाजवादी पार्टी धार्चे गाउँपालिका वडा नं ४ लाप्राकको अध्यक्ष अपिल गुरुङ चयन भएका छन् ।
मंगलबार बसेको पार्टीको वडास्तरीले भेलाले गुरुङको अध्यक्षतामा ३६ सदस्यी कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा आस बहादुर गुरुङ, नवराज गुरुङ, सचिवमा सन्त बहादुर गुरुङ र उप सचिवमा हरि बहादुर गुरुङ चयन भएका छन् ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धार्चेका सबै वडामा कमिटी गठन भइरहेको पार्टीले जनाएको छ ।
नेकपा एकीकृत धार्चे गाउँपालिकाका संयोजक किरण गुरुङको अध्यक्षता तथा पार्टीका जेष्ठ सदस्य विस बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




