
गोरखामा २८ थान हातहतियार प्रहरीलाई बुझाइयो
गोरखाका विभिन्न स्थानमा बसोबास गर्ने स्थानीयहरुले २८ थान हातहतियार जिल्ला प्रहरी कार्यालय गोरखालाइ बुझाइएको छ ।
विहिबार २८ थान हातहातियार बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कायालयले स्थानिय निर्वाचन २०७९ को सुरक्षा व्यवस्थालाई मध्येनजर गरी गोरखा जिल्ला स्थित विभिन्न व्यक्तिहरुसंग भएका हातहतियार बुझाउने भन्ने सूचना जारी गरेको थियो । सोहि सुचनाको आधारमा उनीहरु प्रहरीलाई हतियार बुझाइएको गोरखा प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीले बताए ।
स्थानीयहरुले बुझाइएको हातहतियारहरु सुरक्षार्थ प्रहरी कार्यालयमा राखिएको र थप हातहतियार बुझाउने क्रम जारी रहेको उनले बताए ।




