| मङ्लबार, कार्तिक २४, २०८३

केरौंजाको लामावेशीका १४ घरधुरीलाई मिटरबक्स वितरण

भूकम्प र पहिरोका कारण केरौँजाबाट बिस्थापित भई पुनस्थापित भएको धार्चे–२ लामाबेशीका १४ घरपरिबारलाई मिटर बक्स वितरण गरिएको छ । हाल फ्रान्समा रहेका रुन्चेतका स्थानीय धनप्रसाद गुरुङको आर्थिक सहयोगमा लामावेशीका १४ घरधुरीलाई मिटर बक्स विरतण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका, एकल महिला र विपन्न वर्गलाई लक्षित गरेर मिटर बक्स विरतण गरिएको स्थानीय बालचन्द्र घलेले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण मिटर बक्स जडान गर्नबाट बन्चित भएका उनीहरुलाई घलेको अनुरोधमा गुरुङले आर्थिक सहयोग गरेका हुन् ।

मिटर बक्स र ढुवानीसहित गरेर ३२ हजार बराबरको सामाग्री वितरण गरिएको घलेले जानकारी दिए । मिटर बक्स वितरणले स्थानीयहरुलाई धेरै राहत पुगेकोसमेत उनले बताए ।

लामाबेसीमा हाल केन्द्रीय प्रसारण लाइनको जडान कार्य भइरहेको छ । अधिकांश ठाउँमा पोेल गाडिसकेको र छिट्टै केन्द्रीय प्रसारणका लाइनका जोडिने तयारीमा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्