| मङ्लबार, कार्तिक २४, २०८३

टेलरिङ व्यवसायी आरुघाट इकाइको अध्यक्षमा सिमा परियार

गोरखा टेलरिङ व्यवसायी संघ आरुघाट इकाई गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच सिमा परियारको अध्यक्षतामा टेलरिङ व्यवसायी आरुघाट इकाई गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुनिल परियार, सचिबमा अनु बरामु र कोषाध्यक्षमा हिरा घले चयन भएका छन् । सदस्यहरुमा रमोद कुशवाह, विकास परियार, जमानसिंङ परियार, सुस्मिता गुरुङ, कान्छी घले चयन भएको संघका जिल्ला अध्यक्ष बालकृष्ण परियारले बताए ।

गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको व्यवसायी भेटघाट तथा छलफल कार्यक्रम अन्तर्गत आरुघाट इकाइ गठन गरिएको उनले बताए । भेटघाट तथा छलफलकै क्रममा व्यवसायीको चाहना र जिल्लादेखि भौगोलिक अवस्था पनि टाढा रहेकोले संस्था तथा व्यवसायिक सदस्यता बिस्तारमा पनि असहज हुने भएकोले टेलरिङ व्यवसायी आरुघाट इकाइ गठन गरिएको परियारले जानकारी दिए ।

गोरखा टेलरिङ व्यवसायी संघका अध्यक्ष श्री बालकृष्ण परियारज्यूको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव विकासबाबु परियार, सचिव दिपक दर्नाल, कोषाध्यक्ष होमबहादुर परियार, सहकोषाध्यक्ष दिनेश सेवा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्