| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाद्वारा राम्रा सहकारीलाई नगद सहित सम्मान

गोरखा नगरपालिकाले उत्कृष्ट १० सहकारीलाई अनुदानसहित सम्मान गरेको छ । ६५ औं राष्टिूय सहकारी दिवशका अवसरमा गोरखा नगरपालिकाभित्र सञ्चालित उत्कृष्ट १० सहकारीलाई ५० हजार रुपैयसहित सम्मान गरेको हो ।

गोरखा नगरपालिका र जिल्ला सहकारी संघ गोरखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमकामा ब्यवस्थित कारोवार गर्दै जनतालाई सहकारी अभियानमा जोड्न भूमिका खेलेको भन्दै १० सहकारीलाई नगद अनुदानसहित सम्मान गरिएको प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख राजनराज पन्त र उपप्रमुख विनाकुमारी श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच सहकारीहरुलाई नगदसहित प्रसंसापत्र र दोसल्लाले सम्मान गरिएको उनले बताए ।

उनकाअनुसार वडा नम्बर १३ को महाकाली बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर १ को छापथोक कृषि सहकारी संस्था, वडा नम्बर ७ को जनमुखी उपभोक्ता सहकारी संस्था, ८ को तारापुञ्ज बाख्रा पालन कृषि सहकारी संस्था र वडा नम्बर ६ को सिद्धिगणेश वचत तथा ऋण सहकारी संस्थालाई नगद ५०÷५० हजार नगद सहित सम्मान गरिको थियो ।

त्यस्तै वडा नम्बर ६ कै गोर्खाली वचत तथा ऋण सहकारी संस्था, वडा नम्बर १० को गण्डकी वचत तथा ऋण सहकारी संस्था, ९ को गोरखकाली बचत तथा ऋण सहकारी संस्था, २ को बाघभैरव वचत तथा ऋण सहकारी संस्था र वडा नम्बर १० को दरौँदी वचत तथा ऋण सहकारी संस्थालाई समेत नगद ५०÷ ५० हजार रुपैयाका दरले अनुदानसहित सम्मान गरिएको प्रशासकीय अधिकृत अम्गाईँले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख पन्तले राम्रो काम गर्नेलाई नगरपालिकाले अनुदान पनि दिने र हरेक कार्यमा प्रोत्साहन समेत गर्ने बताए । राम्रो काम गर्ने कसहकारीलाई हरेक वर्ष प्रोत्साहन स्वरुप सम्मान गरिने समेत उनले बताए ।

कार्यक्रममा उपमेयर विनाकुमारी श्रेष्ठ, सहकारी संघका महासचिव सरोज देवकोटा, संघका लेखा समिति संयोजक सुजन कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्का, एकीकरणका कार्यक्रम संयोजक चन्द्र देवकोटा, सहकारी सञ्चालक रोलकबहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्