| मङ्लबार, कार्तिक २४, २०८३

धार्चेको केरौँजा र काशीगाउँको वडा कार्यालय भवन उद्घाटन

गोरखाको धार्चे गाउँपालिका वडा नं २ केरौँजा र वडा नं ६ काशीगाउँको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले दुवै वडा कार्यालय भवन उद्घाटन गरेका हुन् । केरौँजाको वडा कार्यालय भवन गत विहिबार र काशीगाउँ वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरेका हुन् ।

नयाँ वडा कार्यालय भवन निर्माणसँगै स्थानीयलाई सेवा लिन सहज भएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘भवन बनेपछि जनतालाई दैनिक रुपमा दिने सेवा प्रवाहमा छिटो, छरितो र प्रभावकारी साथै व्यवस्थापन पनि धेरै सजिलो भएको छ’, उनले भने । नयाँ भवनमा नागरिक वडापत्र समेत स्पष्ट देखिने गरी राख्न सजिलो हुने उनले बताए ।

६ कोठा भएको दुई तले केराँैजाको वडा कार्यालय ६५ लाखको लागतमा निर्माण भएको हो । वडा कार्यालय भवन सहित मेलमिलाप भवन गरेकार कुल ६५ लाख लागत लागेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

त्यस्तै, तीन वटा कोठा भएको एक तले काशीगाउँ वडा कार्यालय भवन निर्माणमा ४५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । धार्चेमा लाप्राक फिनिसिङको काम बाँकी रहेको र छ वटा वडामा वडा कार्यालय भवन निर्माण पूरा भएर सेवा थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्