| सोमवार, कार्तिक २३, २०८३

मतदाता शिक्षा अपरिहार्य

गोरखाको बिगतको निर्वाचनको तथ्यांक विश्लेषण गर्दा एकतिहाइ मतदाताले मतदानमा भाग नलिएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा एकलाख ६९ हजार ४६ जना मतदाता रहेको गोरखामा ४९ हजार छसय ६९ जनाले भोट नहालेको पाइएको हो । त्यतिबेला जम्मा एकलाख १९ हजार तीनसय ७७ जनाले मात्र मतदान गरेका थिए ।

सोही बर्षको प्रतिनिधिसभा निर्वाचनमा एकलाख ८९ हजार ४४८ मतदाता रहेकामा जम्मा एकलाख २३ हजार ७१९ मत खसेको थियो । त्यतिबेला पनि ६५ हजार ७२९ जना अर्थात ३५ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागी भएनन् ।

क्षेत्र नं. १ मा ९८ हजार ६२२ मतदाता थिए । त्यहाँ जम्मा ६३ हजार ६०४ मत खसेको र ३५ हजार १८ मत खसेको थिएन । त्यस्तै. प्रतिनिधि सभा क्षेत्र नं. २ मा कूल मतदाता ९० हजार ८२६ रहेकामा जम्मा ६० हजार ११५ मत खसेको थियो । ३० हजार ७११ मत खसेको थिएन ।
पाँच बर्षअघिको स्थानीय तहको निर्वाचनमा कूल मतदातामध्य ७०.६१ प्रतिशत मत खसेको थियो । २९.३९ मत खसेको थिएन । खसेको मतमध्य पनि जम्मा एकलाख १५ हजार छसय छ मत मात्र सदर र तीनहजार सातसय ७१ मत बदर भएको थियो ।

राजनीतिक दल भोट माग्न गाउँगाउँमा छन् । उनीहरुले आ–आफ्ना पार्टीलाई भोट मागिरहेका छन्, तर भोट हाल्न नजानेलाई भोट हाल्न जान प्रेरित गर्ने कसरत गरेको पाइएको छैन । बदर गर्नेलाई सही ढंगले मतदान गर्ने तरिका पनि सिकाएको पाइएको छैन ।

अर्बौ रुपैयाँ खर्च गरेर गरिएको चुनावमा मतदाता नै सहभागी नहुनु दुखद हो । सहभागी मतदाताले पनि मत बदर गर्नु झन दुखद हो । त्यसैले सरकारी निकाय तथा दलीय नेता कार्यकर्ताले यसतर्फ पनि ध्यान पु¥याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्