
मानव सभ्यता बचाउन गोरखाबाट ‘हिमाल बचाउँ, नदी जोगाउँ’ अभियान सुरु
पृथ्वीमा मानव सभ्यतालाई कायम राख्न ‘हिमाल बचाउँ, नदी जोगाउँ’ अभियान गोरखाबाट सुरु भएको छ । मानव अधिकार तथा शान्ति समाजले विहिबार गोरखा सदरमुकामबाट अभियान सुरु गरेको हो ।
जलवायु परिवर्तन, विश्वव्यापी उष्णताका कारण पृथ्वीमा ठूलो चुनौती र खतरा देखिएकाले मानवीय सभ्यतालाई कामय राख्न अभियान संचालन गर्नुपरेको समाजले जनाएको छ । हाल पृथ्वीमा तापक्रम वृद्धिले हिमनदी पग्लने क्रम बढेको, अधिकांश जीवजन्तु लोप भएको, कृषि उत्पादनमा प्रतिकूल प्रभाव परेको र विभिन्न प्रकार डरलाग्दा रोगहरु देखिन थालेको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताए । ‘हिमालय बचाउँ भनेको नै जीवन र जगत बचाउनु हो, गुणस्तरी स्वास्थ्य शिक्षा भनेको जीवन बचाउने अभियान हो’, उनले भने ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा गर्मी क्षेत्रमा पाइने जीवजन्तु पाउने थालेको साथै कृषि क्षेत्रमा धेरै असर परेको उनले बताए ।
जलवायु परिवर्तन र हिमालय क्षेत्रको विनाशका कारण हुन सक्ने विपतलाई रोक्न बेलैमा सचेत हुन उनले आग्रह गरे । अहिले विश्व नै प्राकृतिक रुपमा पनि विनाशको संघारमा पुगेको बताउदै आगामि निर्वाचनमा हरेक स्थानीय तहले हिमाल बचाउने, नदी बचाउने, जैविक विविधता बचाउने एजेण्डालाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । साथै गुणस्तरी स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा, सामाजिक सुरक्षा र रोजगारी पनि सबैको एजेण्डा बन्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, आगामि स्थानीय तहको निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र मित्रवत रुपमा प्रतिस्पर्धा हुनुपर्ने बताउदै उनले भने, ‘निर्वाचनमा हिंसा हुनुहुदैन । अव मतदाताहरुले पनि आफ्नो अधिकारको बारेमा सजक हुनुपर्दछ, उमेदवारी दर्ता गर्नु अगावै उनीहरुको विवरण सार्वजनिक गर्नुपर्दछ । भोट दिँदा समाजलाई उन्नति प्रगतिको मार्गतर्पm डो¥याउन सक्ने व्यक्तिलाई छान्नुपर्दछ ।’
लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकाले आगामि स्थानीय तहको निर्वाचन हिंसारहित मित्रवत रुपमा प्रतिस्पर्धा हुनेपर्ने उनको भनाइ छ । ‘निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड हो, निर्वाचनलाई विकृत बनाउनु हुदैन । यहाँ पैसा र रक्सी बाँड्नेलाई बहिष्कार गर्नुपर्दछ, । समाज चनाखो भइसक्यो । तपाइइँहरुले उनीहरुको योजना सुन्नुपर्दछ, सोहि अनुसार भोट दिनुहोस’, उनले भने ।
कार्यक्रममा शान्ति समाजले ‘युद्ध निषेध, शान्ति विशेष’ अभियान संचालन गरिरहेको समाजका सल्लाहकार होमकान्त चौलागाईले बताए । युद्धले सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुछ भन्ने मान्यताका साथ अभियान संचालन भइरहेको उनले जानकारी दिए । युद्ध होस या जनयुद्ध शान्ति समाजले स्थापना कालदेखि नै विरोध गर्दै आएको उनले बताए ।
देशमा शान्ति तवरले हरेक समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिएका थिए । युद्धले मानवहरुको आधारभूत स्वतन्त्रतालाई र जीवनको अधिकारलाई समाप्त गर्ने बताउँदै युद्ध रोक्न युद्ध हुनका कारण पहिचान गरी समयमै सम्बोधन गर्नुपर्ने बताए । समाजले विगतमा पनि विभिन्न देशमा युद्ध हुदा ति राष्टूका दुतावासमा युद्ध रोक्न पटक पटक आन्दोलन गर्दै आएको थियो ।
कार्यक्रममा शान्ति समाजका सल्लाहकार हिमालय क्षेत्रको वातावरण, जैविक विविधता र स्वच्छताको संरक्षण, नदीको मुहान संरक्षण गर्न हिमालय बचाउ, नदी जोगाउँ अभियानलाई राज्यले गम्भीरताका साथ व्यापक सहकार्यमा अगाडि बढाउनुपर्ने बताए । राज्यले अवलम्बन गर्ने नीति हिमालय र नदीनालमैत्री हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा शान्ति समाजका महासचिव राम बरालले लागू औषधी÷मदिरा दुव्र्यसनविरुद्ध अभियानका बारेमा जानकारी गराएका थिए । नेपाल समाजमा लागु औषध र मदिर सेवनका कारण घरेलु हिंसा हुने गरेको र दुव्यर्सनका कारण बाल यौन शोषणका घटनाहरु हुने गरेको उनले बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज गोरखाका अध्यक्ष सिताराम तिवारीले नेपालमा २००७ सालदेखि हालसम्म मानव अधिकार, छुवाछुत, विभेद, असमानता र समानताका लागि पटक पटक आन्दोलन गर्नुपरेको बताउँदै समाज बदल्न नागरिक आपैm जागरुक हुनेपर्ने बताए । साथै यो अभियानको अन्तरगत मुक्तिनाथ र लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्वलन गरिनेसमेत उनले जानकारी दिए । अभियानको पहिलो दिन गोरखा सदरमुकाममा विभिन्न कार्यक्रम गरी सुरु गरिएको उनले बताए । कार्यक्रम शान्ति समाज गोरखाकी सचिव गोमा दुवाडीले सहजीकरण गरेकी थिइन् ।
गोरखाबाट सुरु भएको अभियान कास्की, म्यादी, पर्वत, मुस्ताङ, रुकुम हुदै चितवनमा समापन गरिने समाजले जनाएको छ । यो अभियान पहिलो चरणमा २१ जिल्लामा संचालन हुने र दोस्रो अभियान पनि छिट्टै सुरु हुने समाजा संस्थापक सभापति पहाडीले बताए ।




