| मङ्लबार, कार्तिक २४, २०८३

फोकस वा कुनै कुरामा ध्यान केन्द्रित हुनुको शक्ति

जेम्स तामाङ :
कसैले यसरी भनेका छन् : तपाई कुन कुरामा बढि ध्यान दिदै हुनुहुन्छ, विचार गर्नुहोस् । किनकी तपाई जुन कुरामा बढि ध्यान दिनुहुन्छ त्यहि नै प्राप्त गर्नुहुन्छ ।

फोकस वा कुनै कुरामा ध्यान केन्द्रित हुनुको ठुलो शक्ति हुन्छ । उनिहरुको लागि कुनै कुरा गाह्रो र असम्भव हुदैन, जोहरु आफ्नो काममा वा लक्ष्यमा एकदम फोकस्ड रहन्छ । यो हाम्रो जीवनको एउटा महत्वपुर्ण सिद्धान्त वा नियम नै हो ।

सफलताको सबै शुत्रहरु त मलाई थाहा छैन तर असफलताको एउटा प्रमुख कारण चैँ कुनै निश्चित काम वा लक्ष्यमा फोकस्ड हुन नसक्नु हो । अर्थात सफलताको एउटा शुत्र वा कारण फोकस हुनु हो । फोकस वा ध्यान केन्द्रित भएर निरन्तर लागिरहनु ।

यदि तपाई फोकस्ड हुनुहुन्छ भने, तपाई के बन्न चाहनुहुन्छ, त्यो बन्न सक्नुहुन्छ । तपाई के प्राप्त गर्न चाहनुहुन्छ, त्यो प्राप्त गर्न सक्नुहुन्छ । तपाई कहाँ पुग्न चाहनुहुन्छ, त्यहाँ पुग्न पनि सक्नुहुन्छ । मात्र तपाई आफ्नो लक्ष्यमा फोकस्ड र त्यसमा निरन्तर लागिरहनुप¥यो ।

एकदिन लाग्ला, दुई दिन लाग्ला, एक महिना, एक बर्ष वा १० बर्ष तर तपाई आफ्नो लक्ष्यमा सफल बन्नु नै हुनेछ । यदि तपाईलाई आफुमा र आफ्नो लक्ष्यमा वा काममा विश्वास छ भने जति नै गाह्रो होस् वा जति नै समय किन नलागोस् तपाई फोकस्ड भएर अघि बढिरहन सक्नुहुन्छ ।

कति जनाको कुनै निश्चित काममा फोकस्ड हुन नसक्ने किसिमको बानी हुन्छ । अनफोकस्ड वा ध्यान केन्द्रित हुन नसक्ने वा एकै समयमा धेरै ठाउँहरुमा मन डुलाईरहने किसिमको बानी हुने मानिसले जीवनमा धेरै ठुलो केहि गर्न सक्दैन र उसले आफ्नो काममा सफलता पाउन पनि सक्दैन र जीवनको लक्ष्य पनि भेट्न सक्दैन । एकै चोटी धेरै ठाउमा मन लगाउने वा हात लगाउने, एकै चोटी धेरै काम गर्न खोज्नुले अन्ततः सबै काममा एभरेज बनाइदिन्छ ।

कुनै पनि काममा आफुलाई पोख्त वा विशेष बनाउन सक्दैन । एभरेज व्यक्तिहरुलाई दुनियाँले लात हान्छ । तपाईलाई सबै कुरा आउनुपर्दैन, सबै कुरामा तपाई पोख्त हुनु पनि पर्दैन । तर आफ्नो काममा चैँ तपाई पोख्त हुनै पर्छ । त्यसको लागि तपाई फोकस्ड हुनु एकदम जरुरी छ ।

ब्रुस लि को यो भनाई मलाई मन पर्छ : मलाई दिनको एक हजारको वटा पञ्चहरुको अभ्यास गर्नेसंग होईन, एउटै पञ्चलाई दिनकै एक हजार पटक अभ्यास गर्नेसंग डर लाग्छ । तपाई आफ्नो काममा वा सिपमा पोख्त हुनुहोस् सारा दुनियाँ तपाईको अघि झुक्नेछ । फोकस्ड नभइकन तपाई कुनै पनि काममा वा सिपमा पोख्त बन्न र सफल हुन सक्नुहुन्न ।

फोकस्ड बिना त तपाईले साझको बेला तपाईको घरमा तपाईको कानमा गित गाउदै तपाईको रगत चुस्न आउने लामखुट्टेलाई पनि राम्रो संग मार्न सक्नुहुन्न । एकै छिनमा कता हराउछ, हराउछ । ध्यान दिएर हेर्न सक्नुभयो भने तपाईले सजिलै जति पनि लामखुट्टे मार्न सक्नुहुन्छ ।
स्वस्थ भएर जिउनु सम्भव छ, स्वस्थ आनीबानी र खानपान र नियमित कसरतमा फोकस गर्नभयो भने । आफ्नो ज्यानलाई फिट राख्नु पनि सम्भव छ, नियमित जिम जाने गर्नुभयो भने ।

सफल हुनु सम्भव छ, सिक्ने कुरामा र आफ्नो काममा ध्यान केन्द्रित हुनुभयो भने । धनि हुनु पनि सम्भव छ, लगानी गर्ने कुरामा र पैसालाई काममा लगाउने कुरामा फोकस हुनुभयो भने । उनिहरुको लागि सबै सम्भव छ जो जीवनमा फोकस्ड भएर जिउछ । अस्वस्थ हुनु, असफल हुनु, शरिर भद्दा हुनु, गरिब हुनु सबै अनफोकस्ड अथवा ध्यान केन्द्रित हुन नसक्नुको परिणाम हो भन्दा फरक पर्दैन । ध्यान केन्द्रित हुन सिक्नुहोस् । एउटा समयमा एउटा मात्रै काममा फोकस्ड हुने बानी बसाल्नुहोस् । जस्तै तपाई कुनै पूस्तक पढ्दै हुनुहुन्छ भने १५ मिनट वा ३० मिनट वा १ घण्टासम्मै अन्त कतै नभुली पढिरहनसक्नुहुन्छ ? यसरी नै एक समयमा एउटै काम वा एउटै लक्ष्य वा एउटै प्राजेक्टमा फोकस्ड हुनुले असल परिणाम ल्याउदछ ।

ध्यान केन्द्रित बिना जीवनमा लक्ष्य प्राप्त गर्नु त परको कुरा लक्ष्य के हो भन्ने नै ठम्याउन पनि गाह्रो पर्न सक्छ । सस्तो खाले टर्च लाइटले बाटो धमिलो देख्छ किनकी त्यसको प्रकाश छरिएर जान्छ र कुनै निश्चित ठाउमा फोकस्ड हुदैन । तर अलि राम्रो टर्च लाईटले सबै कुरा छर्लङ्ग देखाउछ किनकी त्यो लाइट फोकस्ड हुन्छ । जीवनमा फोकस्ड हुनु एकदम नै आवश्यक छ ।

जुन कुरामा तपाई बढि फोकस्ड हुनुभयो तपाईले त्यहि नै आफ्नो जीवनमा प्राप्त गर्नुहुन्छ । यो हाम्रो जीवनको एउटा महत्वपुर्ण सिद्धान्त वा नियम नै हो । यदि तपाई चाहना राख्नुहुन्छ कि म फिट हुन र बडि बनाउन चाहन्छु । कम्तिमा छ महिना नियमित जिम जानुहोस् । तपाईको चाहना पुरा भइहाल्छ । तर चाहनामात्रै राख्ने अनि फोकस्ड भएर त्यसमा पाईला चाल्न सक्नुभएन भने हुदैन । फोकस्ड भएर त्यसमा पाईला नचालेको सपना सपना नै रहिरहन्छ, त्यसमा फोकस्ड हुनुभयो र पाईला चाल्नुभयो भने त्यो सपना अब सपना होईन यथार्थ बन्छ ।

फोकस्ड हुनको लागि आत्मविश्वास, अनुशासन र निरन्तरताको जरुरत पर्दछ । यि कुराहरु बिना फोकस्ड हुनु सम्भव छैन । फोकस्ड बिना सफलता आकाशको फल आँखा तरि मर भने जस्तै हो । आज गाह्रो होला, भोली झनै गाह्रो होला तर परिणाम निकै असल आउने छ ।
फोकस्ड वा ध्यान केन्द्रित बिना सफलता प्रायः असम्भव हो ।

हरेक सफल कथाको पछाडी आत्मविश्वास, अनुशासन र निरन्तरता सहितको फोकस्डको ठुलो हात हुन्छ । फोकस नहुने व्यक्ति सफल बन्दैन, अनि फोकस हुने व्यक्ति कहिल्यै असफल हुदैन । तपाई चैँ सफल हुन पाउनुहुन्न भनेर कतै लेखेको छैन । सफलता तपाईको लागि पनि हो । त्यसैले आजै बाट जीवनमा फोकस्ड हुन सिक्नुहोस् । भाग्यमा भर नपर्नुहोस् । भाग्यले पनि उसलाई सलाम गर्छ जो जीवनमा फोकस्ड छ । गलत कुरामा फोकस्ड हुनुभयो भने गलत परिणाम नै पाउनुहुन्छ । सहि कुरामा फोकस्ड हुनुहोस् ।

सचिन तेन्डुल्कर, एम.एस.धोनी, मेस्सी, क्रिस्ट्यानो रोनाल्डो, बिल गेट्स, वारेन बफेट, डोनाल्ड ट्रम्प, इलोन मस्क, मार्क जुगर्बुक लगायतका व्यक्तिहरु त्यति कै यो सफलताको उचाईमा पुगेका होइनन् । आफ्नो काममा वा लक्ष्यमा फोकस्ड भएर लागेको कारणले गर्दा नै हो । अनि अर्को कुरा यिनीहरु अरबपति हुन्छु भनेर अरबपति बनेका होइनन्, आफ्नो कामको सफलताले उनिहरुलाई अरबपति बनाएको हो । र फेरि अर्को कुरा यिनीहरु सबै काममा होईन, खाली आफ्नो काममा पोख्त र सफल छन् । तपाईलाई संसारको सबै काम आउनुपर्दैन ।

खाली आफ्नो सिप वा काममा पोख्त भए पुग्छ । त्यसैले १० तिर आँखा लगाउन बन्द गरेर निश्चित काम वा लक्ष्यमा फोकस्ड हुनुहोस् ।
आजै बाट जीवनको यो महत्वपुर्ण सिद्धान्तलाई सिक्नुहोस् र यसमा जिउनुहोस् । एउटा सफल र सुन्दर भविष्यले तपाईलाई पर्खिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्