| मङ्लबार, कार्तिक २४, २०८३

थुनामा राख्‍ने आदेशविरुद्ध पल शाहले गरे उच्च अदालत पोखरामा रिट दायर

उमेर नपुगेकी किशोरीमाथि बलात्कार अभियोग लागेका पल शाहले जिल्ला अदालत तनहुँको आदेश बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा मंगलबार रिट दायर गरेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले अन्नपूर्णलाइ जानकारी दिए ।

चैत १० गते जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।  जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

विवाहको प्रलोभनमा पारी शाहले आफूलाई पटकपटक जबरजस्ती गरेको भन्दै पीडित किशोरीले गैंडाकोट र तनहुँ प्रहरीमा छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्