| सोमवार, कार्तिक २३, २०८३

सिर्दिबासको वुद्ध मावि एक साताकालागि बन्द

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबासको वुद्ध माध्यामिक विद्यालय एक साताका लागि बन्द भएको छ । विद्यालयमा कार्यरत शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन सदरमुकाम झरेपछि आईतवारदेखि विद्यालय बन्द भएको सहायक प्रधानाध्यापक राजन सापकोटाले बताए ।


‘चैत १९ गतेसम्म शिक्षकहरुको परीक्षा छ । त्यो सकेर उहाँहरु फर्केपछि मात्रै विद्यालय खुल्छ’, उनले भने । विद्यालयमा कार्यरत १७ जना शिक्षकमध्ये तीनजना स्थायी शिक्षक र दुई जना अन्य मात्र परीक्षामा सहभागी नभएको र अन्य सबै परीक्षा दिन सदरमुकामतर्फ झरेकाले विद्यालय बन्द गर्नु परेको सहायक प्रधानाध्यापक सापकोटाले बताए ।


प्रधानाध्यापक प्रकाश घिमिरेले आफू पनि सदरमुकाममै रहेको र केहीदिनमै विद्यालय गएर पढाई सुचारु गराउने बताए । ‘शिक्षकहरुले केही समस्या भयो भनेर बन्द गर्नुभएको रहेछ’, उनले भने ‘अहिले शिक्षकहरुको परीक्षा पनि छ ।’ होस्टेलका विद्यार्थीहरुले मादक पदार्थ सेवन गरेर झगडा गरेका कारण पनि विद्यालयको पढाई प्रभावित बनेको अविभाबकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्