
शहीद लखनमा ७ र ८ मा ४५ दिने सिलाई बुनाई तालिम सुरु
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा ४५ दिने सिलाईबुनाई तालिम सुरु भएको छ । शहीदलखन गाउँपालिकाको आयोजनामा बुकोटको खाब्दीभञ्ज्याङमा सोमबारबाट तालिम सुरु भएको हो ।
तालिमको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर र उपाध्यक्ष इन्दिरा तिवारीले उद्घाटन गरेका थिए । महिलाहरुको सशक्तिकरण तथा उद्यमशीलता विकासका लागि तालिम दिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
उपाध्यक्ष तिवारीले महिलाहरु व्यवसायिक बनाउन सीपमूलक तालिमको आवश्यकता रहेको बताइन् । गाउँपालिका भित्रका वडा नं ७ र ८ का महिलाहरुका लागि ४५ दिने सिलाईबुनाई तालिम सुरु भएको वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठले बताए । तालिममा १२ जना महिला सहभागि रहेको बताइएको छ ।
सोहि अवसरमा वडा नं. ५, ६, ठ, ८ र ९ का महिलाहरुका लागि लक्षित गरी बुटिक सम्बन्धी १५ दिने तालिमको पनि उद्घाटन गरिएको छ ।
वडा नं ७ का वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम वडा नं ८ का वडा अध्यक्ष काशीनाथ अंगाई, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, तालिममा सहभागि महिलाहरु सहभागिता रहेको थियो ।




