
भीमसेन थापा गाउँपालिकामा ‘हेल्लो अध्यक्ष’ प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम
विद्यार्थीले आफ्ना समस्या र अफ्ठ्यारा, गुनासो सुनाउने, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले सुन्ने गरी भिमसेन थापा गाउँपालिकाले ‘हेल्लो अध्यक्ष’ प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम संचालन गरेको छ ।
सरस्वती मावि बोर्लाङ, नवजागृती चण्डी मावि अश्राङ र शान्ति मावि बगुवामा यो कार्यक्रम भईसकेको गाउँपालिकाका शिक्षा शाखाका लक्ष्मणबाबु आचार्यले बताए ।
ती विद्यालयका विद्यार्थीले विद्यालयमा भौतिक पूर्वाधार पूर्ण नभएको, शौचालयको प्रयोग गर्न पानी अभाव भएको गुनासो गरेका थिए । सरस्वती माविका विद्यालयका सिलिङ उँडाएको, खानेपानीको उचित प्रवन्ध विद्यालयमा हुन नसकेको गुनासो विद्यार्थीको रहेको थियो । साथै उनीहरुले शिक्षकले मोवाईल फोन चलाएर पढाईमा ध्यान दिए÷नदिएको, शरीरिक दण्ड दिए÷नदिएको, सरसफाई र खानेपानीको अवस्थाको बारेमा पनि गाउँपालिका अध्यक्षलाई जानकारी गराएका थिए ।
‘पालिकाभित्रका १२ वटै माध्यामिक विद्यालयमा यो कार्यक्रम चैत तेस्रो साता सम्म सकिन्छ’ शिक्षा शाखाका लक्ष्मणबाबु आचार्यले भने । विद्यार्थीले उठाएका समस्याका बारेमा अध्यक्ष इश्वर पाण्डेले तत्काल समाधान गर्न सकिने विषयलाई संबोधन गर्ने र दीर्घकालीन योजना बनाउनुपर्ने विषयलाई केही समयपछि गाउँपालिकाबाट समाधान हुने बताए । विद्यार्थीले खेलकुद सामग्रीको माग, सिलिङ उँडाएको विषयमा भने तत्काल समस्या हल गर्ने उनले आश्वासन दिए ।
समस्या समाधान सहित विद्यार्थीसँग छलफल भएको अध्यक्ष पाण्डेले बताए । उपाध्यक्ष विनु वाग्लेले सेनेटरी प्याडको प्रयोगको अवस्था,उपलब्धता, हिँसालगायतका बारेमा जानकारी लिने दिने गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीलाई विद्यार्थीहरुले गाउँपालिकामा स्वागत गरेका थिए ।
साथै नेतृत्व क्षमता कसरी बिकास गर्ने भन्नेमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रशिक्षण दिएका थिए । सोही क्रममा गाउँपालिकाले ९ देखि १२ सम्मका छात्राहरु एक÷एक हजार छात्रावृत्ती दिने गरेको छ । १२ विद्यालयका ८४ जनाले छात्रावृत्ती पाउनेछन् । १० कक्षासम्म चलेका विद्यालयका चार जना र १२ सम्म चलेका विद्यालयका ८ जनालाई छात्रावृत्ति दिने भीमसेन थापा गाउँपालिकाले जनाएको छ ।
‘यो कार्यक्रममा हामी विद्यार्थीको गुनासो मात्रै सुन्ने होईन, समस्या पहिचान गरेर उनीहरुको गुनासो संवोधन गर्ने प्रयास गछौँ’, गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने । ‘विद्यार्थीसँग भेट भएको हुँदैन, उनीहरुले आफ्ना समस्या बताउन पनि पाएका हुँदैनन, विद्यालयबाट समाधान हुन नसकेका वा गाउँपालिकासँग उनीहरुको आशा अपेक्षा बुझ्न अन्तक्र्रिया गरिएको हो’, अध्यक्ष पाण्डेले भने ।




