| सोमवार, कार्तिक २३, २०८३

दलितको मुद्दा सम्बोधन गर्ने नेतृत्व छान्न आग्रह

मदन विश्वकर्मा :

आगामि स्थानीय तहको निर्वाचनमा गोरखाका दलित समुदायले आफुहरुको समस्या सम्बोधन गर्न सक्ने जनप्रतिनिधि आफैँ छान्न पाउनुपर्ने बताएका छन् । दलित एकता सञ्जाल सिरान्चोक गाउँपालिकाको आयोजना शनिबार गैरीवन छोप्राकमा भएको कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।

समाजमा दलित समुदायमाथि हुने छुवाछुत, विभेद, असमानतालाई अन्त्य गर्न, दलित समुदायको सामाजिक र आर्थिक रुपमा विकास गर्न र आगामि स्थानीय तहमा निर्वाचनमा दलितको मुल एजेण्डा तय गर्न लगायतका विषयमा छलफल गर्न लागि सिरानचोक गाउँपालिकाभित्रसक्रिय रहेका राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा आयोजना गरिएको थियो ।

कार्यक्रममा चुनाव नजिकिदै गर्दा विभिन्न योजनाको आश देखाउने, भोट माग्ने गरेको र भोट दिएर जिताएपछि बिर्सने गरेको दलित एकता सञ्जाल गोरखाका उपाध्यक्ष होमबहादुर विकले बताए । विकास निर्माणका साथै समाजका हरेक क्रियाकलापमा दलित समुदायलाई विभेदमा पर्ने गरेको र दलितको माग सम्बोधन गर्न कुनै राजनीतिक दल अग्रसर नभएको उनको गुनासो छ ।

कार्यक्रममा समाजमा दलित समुदाय प्रतिको छुवाछुत अझैँ हट्न नसकेको सन्जालका सिरानचोक गाउँपालिका वडा नं १ दलित एकता सञ्जाल का अध्यक्ष विकल रम्तेलले बताए । समाजमा सामाजिक, आर्थिक असमानता अझैँ कायम रहेकाले त्यसलाई न्यूनीकरण गर्न सबै राजनीतिक दल अग्रसर हुनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारले दलित समुदायप्रतिको विभेद अन्य गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउदै आर्थिक, सामाजिक रुपमा सकारात्मक परिवर्तन हुने खालका कार्यक्रम ल्याउन उनले माग गरेका थिए ।

त्यस्तै, सबै राजनीतिक दलहरुले समाजमा छुवाछुत अन्यका लागि समुदायस्तरमा विभिन्न प्रशिक्षक कार्यक्रम सन्चालन गरी कार्यान्वयन गर्नमा जोड दिनुपर्ने उनले माग गरेका थिए । दलित समुदायको समस्या समाधान गर्न, उनीहरु माग सम्बोधन गर्नका लागि पालिकाको प्रमुख, उप्रमुख लगायतका पदमा योग्यताका आधारमा दलित समुदायलाई पनि पार्टीको टिकट दिनुपर्ने अध्यक्ष रम्तेलले बताए ।

अहिलेका दलित समुदाय सबै शिक्षित र सचेत भएको बताउदै अव आउने स्थानीय, प्रदेश र संघकोको निर्वाचनमा आफ्नो नेतृत्व आपैm छान्न पाउनुपर्ने उनको माग छ । कार्यक्रममा गाउँपालिकाको तर्पmबाट दलित जनप्रतिनिधिको रुपमा रहेको सिरानचोक गाउँपालिकाको कार्यपालिका सदस्य विमल सिर्मलले दलित जाति कसैको पेवा नभई सबै साँझ भएकाले राज्यबाट पाउने हक अधिकारमा पनि समान रुपमा उपभोग गर्न पाउनुपर्ने बताइन् ।

समाजका हरेक काममा सम्मान योगदान रहेता पनि दलित समुदायमाथि पटक पटक अपमान, विभेद भोग्नु परेको उनले गुनासो गरिन् । दलित हकअधिकार कार्यान्वय गर्न कुनै राजनीतिक दल अग्रसर हुन उनले आग्रह गरेकी थिइन् । कार्यक्रममा सहभागी राजनीतिक दलका वक्ताहरुले समस्याको उठान गर्नुका साथै समाधानका उपायहरु पनि खोज्न जोड दिएका थिए । नेपाली कांग्रेस सिरान्चोक गाउँपालिकाको सभापति भक्त गुरुङ संविधानमा सबैलाई सम्मान अधिकारको व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । यसका लागि सबै राजनीतिक दल, समुदाय समान अधिकार प्राप्तिका लागि संविधान उल्लेख भएका कानुन व्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सन्जालका अध्यक्ष पंकज विकको अध्यक्षतामा भएको कार्यक्रममा सन्जालको उपाध्यक्ष होम बहादुर विक, जुना नेपाली, नेपाली कांग्रेस सिरानचोक गाउँपालिका सभापति भक्त गुरुङ, नेकपा एमालेको तर्फ बाट ज्ञान राज गरुङ्, सिरानचोक गाउँपालिका जनता समाजवादी पार्टी तर्फ बाट दीपकबाबु भट्ट, दलित एकता सञ्जाल वडा नं एकका अध्यक्ष विकल रम्तेल लगायतले मन्तव्य राखेका थिए । अध्यक्ष पंकजले भने हामी सबै एक हौँ हामी सबै मिली एकजुट हौँ कसैलाई पनि हेप्न चेप्न नदीँउ सबै मिली देशलाई बनाउ कार्यक्रममा समाजमा दलित समुदाय प्रतिको छुवाछुत अझैँ हट्न नसकेको सन्जालका अध्यक्ष पंकजले बताए ।

प्रतिक्रिया दिनुहोस्