| मङ्लबार, कार्तिक २४, २०८३

एकीकरण नेपाल गोरखाले बालुवामा विद्यालय निर्माण गर्ने

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ स्थित बालुवामा श्री मण्डली प्राथमिक विद्यालय भवन निर्माण हुने भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय ९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले विद्यालय भवन निर्माण गर्न लागेको हो ।

एक वर्षभित्र करिव ४ करोड ४७ लाख रुपैयाँमा विद्यालय भवन बन्ने चाइल्ड फण्ड जापानका इन्जिनियर दुर्गा ढकालले बताए । शनिबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा जानकारी गराएका थिए । उनका अनुसार ९ कोठाको विद्यालय भवन सहित शौचालय, खानेपानी सरचना, खेलकुद मैदान लगायत सरचना वन्न लागेको हो ।

No description available.


कार्यक्रममा चाइल्ड फण्ड जापानको कार्यक्रम व्यवस्थापक आयरी होण्डाले जापान सरकार र नेपाल सरकार बीच अत्यन्तै राम्रो सम्वन्ध रहेको जानकारी गराउदै नेपाली बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनु जापान सरकारको पनि गौरवको विषय भएको जानकारी दिइन् । कार्यक्रममा एकीकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालय निर्माणको लागि ठेकेदार छनौट भई सकेको बताए ।

विद्यालयको भौतिक संरचना समयमै निर्माणको लागि शिक्षक, अभिभाव र समुदायको सकरात्मक सहयोग हुनु पर्ने समेत उनले बताए । कार्यक्रममा चाइल्ड फण्ड जापानको कार्यक्रम सयोजक कृष्णशरन डंगोल र मनोज थारुले परियोजनाको उद्देश्य, अवधि, अपेक्षित उपलब्धीहरुको बारेमा जानकारी दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोनकुमार बरामको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्