
गुम्दाका ५५ जना जेष्ठ नागरिकको घरघरमा स्वास्थ्य परीक्षण र उपचार
जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तरगत धार्चे गाउँपालिका वडा नं ५ गुम्दाका ५५ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा आइतबार गुम्दामा भएको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण भएको हो ।
७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घर घरमा पुगी स्वास्थ्य सेवा दिने उद्देश्यलले उक्त कार्यक्रम संचालन गरिएएको धार्चे गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रको प्रमुख अमर पुनमगरले बताए ।
उनका अनुसार ४४ जना महिला र १५ पुरुष गरी ५५ जना स्थानीय जेष्ठ नागरिक सहभागी जनाएका थिए । चेकजाँचको क्रममा अधिकांशमा बाथ रोग र उच्चरक्तचाप देखिएको बताए ।
उनीहरुलाई आयुर्वेदिक औषधी वितरण गरिएको मगरले जानकारी दिए । उनीहरुलाई शक्ति बद्र्धक आयुर्वेदिक औषधी वितरण गरिएको हो ।
गाउँघरका जेष्ठ नागरिकहरु स्वास्थ्य संस्थासम्म जान नसक्ने हुनाले उनीहरुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।




