
गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए
बैशाख ३० गते हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले गोरखामा मुख्य निर्वाचन अधिकृत र पालिकाहरुमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले छ सय ७६ जना अधिकृत नियुक्त गरेको हो ।
चैत २९ देखि लागु हुने गरि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
गोरखा नगरपालिकाका लागि र जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिश दिनबन्धु बराललाई जिम्मेवारी तोकिएको छ । पालुङटार नगरपालिकामा गोकर्णराज पन्त, अजिरकोट गाउँपालिकाका लागि सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, आरुघाट गाउँपालिकाका लागि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका उप सचिव श्रीधर गौतम, आरुघाट गाउँपालिकाका लागि बन तथा बतावरण मन्त्रालयका उप सचिव बासुदेव रेग्मी, चुमनुब्री गाउँपालिकाका लागि जिल्ला समन्वय समिति गोरखाका प्रमुख नानीबाबु पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
धार्चे गाउँपालिकाका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव निराजकुमार खत्री, शहीदलखन गाउँपालिकाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौँका उप सचिव जिबनप्रसाद आचार्य, सिरानचोक गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपानेलाई निर्वाचन अधिकृत तोकिएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका लागि मूख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका उप सचिव शेषकान्त पौडेललाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।




