
बारपाक सुलिकोट गाउँपालिकाद्वारा जग्गादाता, कृषक र कर्मचारीलाई सम्मान
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले प्रमुख प्रशासकिय भवन सिलान्यासको क्रममा २५ जना जग्गादाता सहित बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । यस्तै गाउँपालिकाले किसान र कर्मचारीहरुलाई पनि शनिवार आयोजित एक कार्यक्रमका बिच सम्मान गरेको अध्यक्ष बिष्णु भट्टले बताए ।
भेडापालक किसान धनीबहादुर घले, मौरीपालिक जितबहादुर घले, अर्गानिक आलु उत्पादक किसान भुपाल गुरुङ, झोलुङ्गे बंगुर तथा कृषि फर्मका संचालक उत्तरकुमार घले नगद सहित पुरस्कृत भएका हुन् ।
यस्तै नमुना बाख्रा फार्मका तारा बहादुर गुरुङ, सुलिकोट एग्रो फर्मका टंक सारु मगर र राजेन्द्र श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिका ६ का भरत ढकाल, घुमाउने पशुपंक्षी तथा कृषि फर्मका कुमार गुरुङ, स्वागत सुगन्ध कृषि फर्मका लेखनारायण श्रेष्ठ लगायतलाई १३ हजार तीन सय ३३ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो ।
यस्तै गाउँपालिकाका कर्मचारी, शिक्षक र कार्यालय सहयोगहीलाई सपनि सम्मान गरेको छ ।
सम्मानीत हुनेमा इश्वरी प्रसाद पनेरु, सन्तबहादुर गुरुङ, महासागर पौडेल, धनकुमार गुरुङ, भिमसेन धिताल, प्रतिज्ञा दुरा, सिता घले, सन्तमान गुरुङ, बाबुराम नेपाली, रोलनारायण श्रेष्ठलाई सम्मान गरेको हो ।




