| मङ्लबार, कार्तिक २४, २०८३

लियो क्लव अफ गोरखाको अध्यक्षमा परियार

लियो क्लव अफ गोरखाको २०२२÷०२३ को अध्यक्षमा वालकृष्ण परियार चयन भएका छन् । लायन्स क्लव अफ गोरखाको आयोजनामा शनिबार भएको कार्यक्रमबाट अधिवेशनबाट परियार अध्यक्षमा चयन भएका हुन् ।

समितिको प्रथम उपाध्यक्षमा अनुका आलेमगर, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ सचिवमा मिलन उपरकोटी, सहसचिवमा अस्मीता उपरकोटी र कोषाध्यक्षमा राज गुरुङ चयन भएका छन् । त्यस्तै, पि आर ओ मा सुमिना मगर, सचेतकमा प्रविन उपरकोटी, व्यवस्थापकमा समिर तामाङ र प्रमुख कार्यक्रम संयाजकमा व्लेशन वयलकोटी चयन भएका छन् ।

क्लवका वर्ष २०२१।२२ का अध्यक्ष सुमनबावु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष यम वहादुर बसेल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्