| मङ्लबार, कार्तिक २४, २०८३

गल्ती कमजोरीको आत्मा आलोचना गरेर जनताको घरघर जाऔँ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको सबै शक्ति स्थानीय निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन् । ‘सबै कार्यकर्तालाई एकताबद्ध बनाएर, बिहानदेखि बेलुकीसम्म खटेर, जनताको सकारात्मक कामलाई बुझाउँदै गल्ती कमजोरीलाई आत्मालोचना गरौँ, जनताको घरघर जाऔँ ।’

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशाकिय भवन उद्घाटन गर्न शनिवार गोरखा आएकाउनले यस्तो बताएका हुन् । उनले माओवादीले जितेको पालिकामा के कामभयो भन्ने घरघरमा पुगेर जानकारी गराउनुपर्ने बताए ।

स्थानीय तहमा बिजयी हाँसिल गर्नुपर्ने बताउँदै उनले समाजवादको दिशामा अघि बढ्दै संविधान र लोकतन्त्रको कार्यन्वयनगर्न निर्वाचन जित्नुपर्ने बताए । ‘प्रतिगमनको खतरा प्रति सचेत हुँदै बिकासको दिशामा अघि बढ्नुछ’ उनले भने ‘सामाजिक आर्थिक रुपमान्तरणमा अघि बढ्न र समतामुलक समाज निर्माण गर्न, एकतालाई कायमगर्दै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्