| मङ्लबार, कार्तिक २४, २०८३

सशस्त्र प्रहरीद्वारा द ओल्ड क्यापिटल बोर्डिङमा विपद व्यवस्थापन सम्बन्धी जनचेतना

गोरखा सदरमुकामको द ओल्ड क्यापिटल माविमा विपद व्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरिएको छ ।

विपदको समयमा आइपर्ने समस्याको समाधानका लागि अपनाइने उपायहरुको बारेमा जानकारी गराउन सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाको आयोजनामा शुक्रबार विद्यालयको विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम भएको हो ।

No description available.

कार्यक्रममा विद्यालयका कक्षा नौमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीलाई भिडियोमार्पmत विपद आइपर्ने समस्याको समाधानको उपायहरुको बारेमा जानकारी गराएका थिए । आगलागी हँुदा कसरी निभाउने ? अग्नी नियन्त्रक यन्त्रको कसरी प्रयोग गर्ने ? विभिन्न आगलागीका घटनाहरुलाई कसरी न्यूनीकरण गर्ने र आगलागी भइहालेमा कसरी नियन्त्रण गर्ने लगायतका विषयमा भिडियो मार्फत विद्यार्थीहरुलाई जानकारी गराइएको सशस्त्र बल गोरखाका सशस्त्र प्रहरी निरिक्षक भोला श्रेष्ठले बताए ।

No description available.

भान्साकोठामा रहेका ग्याँस सिलिण्डर विस्फोट हुने समस्यालाई कसरी समाधान गर्ने, अचानक विपद आइपर्दा घाइतेको उद्धार कसरी गर्ने, घाइते उद्धारमा प्रयोग हुने सामाग्री निर्माण गर्ने विधि लगायका विषयमा पनि जानकारी गराउनका साथै विद्यालयमा परिसरमा प्रयोगात्मक रुपमा विपद व्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरिएको उनले बताए ।

No description available.
No description available.

अहिले गर्मी सिजन सुरु भएसँगै आगलागी घटनाहरु धेरै हुने भएकाले यस प्रकारका कार्यक्रमले विपद व्यवस्थापन गर्नमा धेरै सहयोग पुग्ने उनको भनाइ छ । विद्यालय परिसरमा भएको विपद व्यवस्थापन सम्बन्धी प्रयोगात्मक कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा पाँचदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

No description available.

जनसंख्या धेरै भएको र बढि प्राकृतिक र मानवीय विपद आइपर्ने स्थानहरुमा यस प्रकारका कार्यक्रमहरु संचालन हुदै आएको छ ।

हाल देशभरि नै विभिन्न विद्यालय र समुदाय स्तरमा विपद व्यवस्थापन सम्बन्धी जनचेतनाका कार्यक्रमहरु संचालन भइरहेको श्रेष्ठले जानकारी दिए ।

No description available.
प्रतिक्रिया दिनुहोस्