| मङ्लबार, कार्तिक २४, २०८३

माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित

माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । उनले गोरखाकै बिष्णु भट्टलाई पराजित गरेका हुन् । खनालले एक सय भट्टले ७४ मत पाए ।

यस्तै अध्यक्षमा कास्कीबाट गायत्री गुरुङ चयन भईन ।
उपाध्यक्षमा ज्ञामनाथ गैरे –बाग्लुङ), मित्रशरण शर्मा (नवलपुर), गुणखर बस्याल (पर्वत) चयन भए भने गोरखाबाट उपाध्यक्षका उमेद्धवार लोकप्रसाद बञ्जारा पराजित भए ।

कोषाध्यक्षमा तारा भुषाल (स्याङ्जा), सह सचिवमा टेकबहादुर बिक (म्याग्दी), मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्र केशरी न्यौपाने (तनहुँ) चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्