| सोमवार, कार्तिक २३, २०८३

बालअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको अन्तरज्योति माविमा बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका ६ डाँडागाउँमा रहेको अन्तरज्योति माविमा विहिबार बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मानव अधिकार सन्जाल गोरखाको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सन्जालका गोरखा संयोजक यदुप्रसाद अधिकारीले मानव अधिकार, बाल अधिकार, नेपालको संविधानको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा विद्यालयका कक्षा आठदेखि दशसम्मको विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रणबहादुर बरामको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक चेतबहादुर थापा, एमनेष्टी इन्टरनेशनल समूह ७६ का सदस्य ठाकुर खनाल, विद्यालयका शिक्षक अमृत दवाडी, रिता थापामगरले मन्तय राखेका थिए । यहाँ नेपालको अति सीमान्तकृत बराम जातिको भाषामा समेत पठनपाठन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्