
गोरखाका पाँचवटा पालिकामा आधारभूत अस्पताल अझै बनेनन्
केशव गुरुङ :
अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो । उक्त कार्यक्रम अन्तरगत गोरखाका आठवटा स्थानीय तह छनौटमा परे । तीमध्य बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाबाहेक अन्य पाँच स्थानीय तहमा अस्पताल निर्माण अभैm हुन सकेको छैन ।
जिल्लाका आरुघाट, धार्चे, भीमसेनथापा, शहीदलखन, सिरानचोक र चुमनुब्री गाउँपालिकामा आधारभूत अस्पताल निर्माण कार्य सुरु हुन नसकेको हो ।
आरुघाट गाउँपालिकाको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने गाउँपालिकाको योजना थियो । उक्त ठाउँ बूढीगण्डकी आयोजनाबाट डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ अस्पताल भबन निर्माण गर्न समस्या भएको स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले बताए । ‘आरुघाट बजार डुबान क्षेत्रमा पर्ने भएकाले नयाँ भबन बनाउन नमिल्ने रहेछ । अर्को ठाउँमा जग्गा नपाउँदा अघिल्लो वर्षको बजेट फ्रिज भयो’, उनले भने । अहिले डुबान नपर्ने ठाउँमा १५ शैयाको अस्पताल बनाउन जग्गाको खोजी भईरहेको उनले बताए । धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा जग्गा खरिद प्रक्रिया ढिलाई हुदाँ अहिलेसम्म काम सुरु हुन सकेको छैन । अहिले जग्गा स्वास्थ्य चौकीको नाममा आएको तर बजेट नहुँदा काम सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले बताए । मन्त्रालयबाट बजेट प्राप्त भएमा अब पाँच शैयाको अस्पताल निर्माणप्रक्रिया अघि बढ्ने उनले बताए ।
त्यस्तै, भीमसेन थापा गाउँपालिकाको समस्या पनि उस्तै छ । वडा नं ६ अश्राङमा अस्पताल बनाउन सम्पूर्ण कागजात सहित मन्त्रालयमा पेश गरेको तर स्वीकृत हुन बाँकी रहेकाले भवन निर्माण अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष इश्वर पाण्डे बताए । ‘हामीले भवन निर्माणका लागि चाहिने सबै कागजात पु¥याएर फाइल मन्त्रालयलाई पेश गरेका थियौँ, मन्त्रालयमा फाइल अड्काएर राखेको छ महिना जति भयो, केही कागजात नपुगेको भए भन्नुभथ्यो तर केही खबर आएको छैन ।’ पाण्डेका अनुसार मन्त्रालयबाट अश्राङमा १० शैयाको अस्पताल निर्माण हुन लागेको हो ।
यस्तै शहिद लखनमा गाउँपालिकामा पनि हालसम्म अस्पताल निर्माण कार्य सुरु भएको छैन । हाल डिपिआर सकेको टेन्डर प्रक्रियामा गएको र एक÷डेढ महिना पछि काम सुरु हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । वडा नं ५ तीनमानेमा १५ शैयाको अस्पताल बन्न लागेको हो । यसमा लागि अघिल्लो वर्ष १८ करोड विनियोजन गरेको थियो । जग्गाको प्रक्रियाका कारण अस्पताल निर्माणमा ढिलाई भएको उनले बताए ।
सिरानचोक गाउँपालिकामा वडा नं ८ जौवारीमा आधारभूत अस्पतालको भवन बन्ने भएको छ । यसअघि जग्गा व्यवस्थापन नहुँदा भवन निर्माण ढिलाई भएको तर अहिले सबै प्रक्रिया पूरा भइसकेकाले केहि दिनमा नै कामसुरु गर्ने गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ठेकेदार कम्पनी र गाउँपालिका बीच सम्झौता भइसकेको बताउँदै उनले एक दुई दिनमा काम सुरु हुने बताए । जौवारीमा १३ करोडको लागतमा १५ शैयाका अस्पताल भवन निर्माण हुन लागेको हो ।
तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ सिर्दिबासमा पाँच वेडको अस्पताल अघिल्लोवर्ष शिलान्यास भइसकेको छ । अस्पताल भवन निर्माणका लागि सबै कागजपत्र मन्त्रालयमा पेश गरेको र हालसम्म स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।
त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ४ को हुँडीफाँटमा १५ बेड अस्पताल निर्माण भइरहेको छ । अघिल्लोवर्ष चार करोड दुई लाख बिनियोजन भएको बताउँदै हालसम्म पिल्लर उठाउने काम सकिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।
अजिरकोट गाउँपालिका वडा नम्बर ३ को भच्चेकमा अस्पताल निर्माणधीन अवस्थामा छ । गाउँपालिका केन्द्र भच्चेकमा पाँच बेडको अस्पताल बन्नेछ ।
भच्चेकमा रहेको स्वास्थ्य चौकी भवनलाई स्तरउन्नती गरी पाँच बेडको अस्पाताल भवन बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । १५ शैयाको अस्पताल समयमै काम सम्पन्न गर्न थप बजेट माग गरिएको उनले बताए ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा भने अस्पताल बनाउन सरकारले सिफारिस गरेको छैन । दुई नगरपालिकामा अस्पताल र गण्डकी गाउँपालिकाको मकैसिंङमा प्राथमिक स्वास्थ्य केन्द्र पहिल्यै रहेकाले नयाँ बनाउने निर्णय नभएको हो ।




