| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको जंगलमा मिल्किरहेको छ सुनाखरी !

गोरखाको जंगलमा पनि सुनाखरी रहेको एक अध्ययनले देखाएको छ ।
थरिथरिका खुनाखरी पाईने त्यहाँ कुन प्रजातीका सुनाखरीको महत्व कति छ भन्नेमा स्थानीय अनविज्ञ छन् । सुनाखरीको महत्व के हो ? कसरी यो बाट फाईदा लिन सकिन्छ भन्ने स्थानीय जानकार छैनन् । सरोकारवाला निकाय पनि सुनाखरीको प्रजाती र यसको उपयोगिता, बिक्री बारे अनबिज्ञ छन् । सुनाखरी संरक्षित बनस्पती भएकाले यसको बिक्री बितरणमा केही कानुनी मापदण्ड छ । सर्वसाधारण र सरोकारवालालाई यसबारे पूर्ण ज्ञान नहुँदा गोरखाको संगलमा सुनाखरी मिल्किरहेको छ ।

पाँचऔँले, पानीअमला जस्ता नामले चिनिने सुनाखरी प्रजाती केही संकलन गर्ने गरिएपनि बहुमूल्य सुनाखरी जंगलमा यसै कुहिएर गएको छ । स्थानीयले महत्व नजान्दा र संकलन गर्ने विधी थाहा नहुँदा जंगलमा सडेर गएको हो ।

गोरखाको लाप्राकमा सुनाखरीको अध्ययन गरेकी ग्रिनउड नेपालकी परियोजना संयोजक रेशु बस्याल भन्छिन् ‘ब्यवस्थित रुपमा संकलन गर्ने र स्थानीयलाई संरक्षणको तरिका सिकाउने हो भने उत्तरी गोरखाबासीले सुनाखरीबाट धेरै आम्दानी लिन सक्छन् ।’ धार्चे ४ लाप्राकमा जडिवुटी संकलनमा महिलाहरु धेरै शक्रिय देखिएका छन् । ‘यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन पनि मद्धत पुग्ने देखिन्छ ।’ सुनाखरीको संकलन र बिक्रीका लागि भने कानुनी अड्चन छ । कुन प्रजातीको सुनाखरीको मूल्यकति ? कुनकुन औषधीको लागि प्रयोग हुन्छ भन्ने ज्ञान स्थानीयलाई छैन । त्यो विषयमा जानेका बिज्ञ पनि त्यहाँ छैनन् । नेपालमा पाईने करिब पाँच सय ५० प्रजातीमध्ये एक सय १० प्रजाती औषधीका लागि प्रयोग हुन्छ ।

परापूर्वक कालदेखि गाउँघरमा प्रयोग हुँदै आएका सुनाखरी स्थानीयले संकलन गर्छन भने अन्य यसै मिल्किएको छ, कुहिएको छ । ‘अन्यत्र ब्यापार भएका सुनाखरी गोरखाको जंगलमा यसै छ’ ग्रिनउड नेपालका निर्देशक कुमार पौडेलले भने ‘स्थानीयलाई जानकारी मात्रै दिएर भएन राज्यले नितीगत तहमापनि यसलाई सहज बनाउनुपर्छ ।’ संरक्षण प्रजातीमा सुनाखरी राखिएकै कारण कुनैपनि सुनाखरी बिक्री बितरण गर्न, संकलन गर्न पाईन्न भन्ने बुझाई सर्वसाधारणमा छ । मातहतका कार्यालयले सरकारी अनुमती लिएर राजस्व तिरेर संकलन गर्न, बिक्री बितरण गर्न पाउने प्रावधानबारे बुझाउन नसकेको उनी बताउँछन् ।

सुनाखरी प्रजाति दिगो संकलन गरी राजस्व संकलनको दायरा बढाउनुपर्ने डिभिजन बन कार्यालयका सहायक बन अधिकृत महेश पौडेल बताउँछन् । केहि नीतिगत समस्याका कारण धेरै समस्या सिर्जना भएको बताउँदै उनले भने ‘संरक्षण सँगै सुनाखरीलाई उपयोग गर्ने नीति लिनुपर्छ ।’ डिभिजन बन कार्यालयको समन्वयमा बुधवार गोरखामा सुनाखरी प्रजातीको अनुसन्धान सम्ंबन्धी ग्रिनउड नेपालले अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । कास्की, मकवानपुर र गोरखामा अनुसन्धान गरिरहेको संस्थाले यहाँको हिमाली भेगमा भने फरक प्रकारको सुनाखरी पाएको जनाएको छ । अध्ययनमा सहभागी प्रकाश पौडेलले भने ‘उचाई अनुसार फरक प्रजाती पाइएको छ, ठाउँ अनुसार ब्यापार हुने प्रजातीपनि फरक देखियो ।’

सुनाखरीको सक्रिय ब्यापार गोरखामा कम छ । अध्ययन टोलीका अनुसार गोरखामा घरायसी र औषधीजन्य प्रयोजनका लागि जडिवुटी संकलन गर्नेहरुले पुन उत्पादन लिनुपर्ने ठानेर संकलनगर्दा ध्यानदिने गरेका छन् । यसले पुन उत्पदनमा मद्धत पुगेका छ । सन् २०२०को अक्टोवरदेखि गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा सुनाखरीको अध्ययन सुरु भएको हो । २०२२ को सेप्टेम्बर सम्म अध्ययन सक्ने तयारी रहेको ग्रिनउडका निर्देशक कुमार पौडेलले बताए । सुनाखरीको संरक्षण, ब्यापार, प्रयोगकर्ताको अवस्था र चुनौतीका बारेमा बुधवार सरोकारवाला बिच भएको छलफलमा डिभिजन बन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जिल्लामा भएका सुनाखरी प्रजातिहरुको पहिचान तथा अभिलेखिकरण गरी दिगो रुपमा संकलन गर्न सकिने परिमाण एकिन गर्नुका साथै कार्ययोजनामा समेट्नुपर्ने बताए । सुनाखरीको दिगो उपयोगको लागि जनचेतना अभिबृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले हाम्रो जंगलमा भएको सुनाखरीको बारेमा हामीले थाहा नपाएको र जनताले पनिकुनै पत्तो नपाएको बताए । ‘हामीले अन्तराष्ट्रिेय स्तरमा ट्रेड बनाउनुपर्छ’ उनले भने ‘यसलाई संरक्षण सँगै उपभोग गर्ने विधी जान्ने हो भने जिविकोपार्जनमा पनि मद्धत पुग्छ ।’ राज्यको आम्दानी बढ्ने, ब्यापार घाटा कमहुने हुँदा प्रचार प्रसार सँगै स्थानीय पाठ्यक्रममा पनि यसलाई समेट्नुपर्ने उनले बताए ।

सामुदायिक बन उभपोक्ता महासंघका अध्यक्ष कमल लामिछानेले कति प्रजाती छन्, कुन प्रजातीको महत्व कति छ भन्ने बारे समुदायम ाजानकारी गराउनुपर्ने बताए । ‘थाहाभयो भने स्थानीयले संकलन गर्छन, तर त्यसकालागि कानुनी अड्चन हुनु हुँदैन, संरक्षण गर्दै उपभोग गर्ने नीति लिनुपर्छ, नियन्त्रण होईन’ उनले भने । सुनाखरीको संरक्षण गर्न र त्यसबाट आम्दानी लिन सकिन्छ भने खेतीको रुपमा बिस्तार गर्न बाँझो जग्गा राखेकालाई प्रेरित गर्नुपर्ने उनले बताए ।

सरकारले सुनाखरीलाई संरक्षित प्रजातीमा राखेको छ । तर यसको संरक्षणगर्दै अनुमतीलिएर प्रयोग गर्न पाईन्छ । गोरखामा घरायशी प्रयोग केहीभएपनि ब्यवशायीक प्रयोग कम भएको देखिन्छ । अन्तराष्टिूय बजारमा निकासी गर्न भने समस्या छ । धार्चेका अधिकासं स्थानीयको आम्दानीको स्रोत जडिवुटी हो । उनीहरुलाई सुनाखरीको महत्व बुझाउने, कानुनी प्रावधानको बारेमा ज्ञानदिने, कुन संकलन गर्दा के मा प्रयोग हुन्छ भन्ने ज्ञान दिने हो भने त्यहाँका महिलाहरु आत्मानिर्भर बन्नेछन् । जंगलमा कुहिएर गएको सुनाखरीको महत्व बुझाउने माध्याम नहुँदा र स्थानीयले नबुझ्दा अहिले खेर गईरहेको छ ।

गोरखामा सुनाखरीको अवस्था के छ, हिमाली भेगमा कस्ता खालका पाईन्छन, त्यहाँ उपभोग वा संरक्षणको अवस्था कस्तो छ भन्ने पहिचान गर्न अध्ययन गरिएको उनले बताए । गोरखाका सरोकारवाल ाहरुले सुनाखरीको संरक्षण गर्दै यसको उपभोग, प्रयोग गर्न तर्फ पनि अग्रसर हुनुपर्ने र मूल्य लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्