| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाद्वारा बिपद् पोर्टल सुरु

गोरखा नगरपालिकाले बुधवारदेखि राष्ट्रिय एकिकृत सुचना प्रणाली (बिपद् पोर्टल) सुरु गरेको छ । नगरपालिकामा भए गरेको बिपद् संम्बन्धी घटनाहरु अब बिपद् पोर्टलबाट हेर्न सकिने र छिटो सहज रुपमा सुचना गर्न सकिने नगरप्रमुख राजनराज पन्तले बताए ।


बिपद् पोर्टलको डोमिन गोरखामुन डट् बिपद्पोर्टल डट्जिओभि डट् एनपी हो । यसमा बिपदको सुचना ब्यवस्थापन प्रणाली राम्रो सँग राख्न सकिने बतावरण शाखाका धु्रब घिमिरेले बताए । यस अघि बिपद् पोटर्ल गृह मन्त्रालयले मात्र चलाउँथ्यो भने अब स्थानीय पालिकाले पनि चलाउनेछ । पोर्टलका धेरै मोडललाई प्रयोग गरेर नगरपालिकाले सुचना प्रणाली ब्यवस्थित गर्ने योजना बनाएको उनले बताए ।


उक्त पोर्टलको सुभारम्भ मेयर राजनराज पन्तले गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको थियो । युथ इनोटिभ ल्याव काठमाण्डौँले बिपद जोखिम न्यूनिकरण युवा नेतृत्व फेलोसिप कार्यक्रम २०७८ अन्तर्गत बिपद पोर्टल निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्