
देशभरका यातायात कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द
यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सबै सेवा बन्द गर्ने जानकारी गराएको हो ।
सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।





