
गोरखामा एमालेको चुनावी प्रशिक्षण
नेकपा एमाले गोरखाको नियमित चुनावी अभियान अन्तर्गत मंगलवार गोरखा नगरपालिका वडा नम्बर ५ मा चुनावी कार्यक्रम भएको छ । वडा कमिटि अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा प्रदेश कमिटि सदस्यहरु कमल दानी, नानीमाया थापा, दिनेश तमु, पार्टी सचिव काजिराम रोका, जिल्ला सदस्य गिता भट्ट, खिलबहादुर राना, किरण ढकाल, वृद्धि घले, नगरअध्यक्ष देवीबहादुर बस्नेत लगायतले मन्तब्य राखेका थिए ।
यसैगरी शहीदलखन गाउँपालिकामा अखिल नेपाल महिला संघ शहीदलखन गाउँपालिका अध्यक्ष खिमकुमारी पुनको अध्यक्षतामा पनि कार्यक्रम भएको छ ।
संघकी गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय सदस्य टुका हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सम्झना देवकोटा, पद्मा जिसी, जिल्ला उपसचिव बिशाल थापा, जिल्ला सदस्य कल्पना बयलकोटी, लुना थापा, जुना थापा, बेली थापा लगायतले मन्तब्य राखेका थिए ।
चारसय जनाको उपस्थितिमा अनेमसंघ शहीदलखन गाउँ कमिटिको सम्मेलन सम्पन्न भएको एमाले जिल्ला सचिव काजिराम रोकाले बताए ।
सोही अनुसार पाँचवटा पालिकामा नेकपा एमाले स्थानीय निर्वाचन लक्षित चुनावी अभियान अन्र्तगतको कार्यक्रम सम्पन्न भएको जिल्ला पार्टीले जनाएको छ । केही समय यता एमाले गोरखाले हरेक पालिकामा चुनावी अभियान संचालन गरिरहेको जनाएको छ ।




