| आइतवार, कार्तिक २२, २०८३

तेस्रो दिलबहादुर रम्तेल स्मृतिकप भलिबल प्रतियोगिता हुने


बारपाक सुलीकोट गाउँपालिकाले तेस्रो दिलबहादुर रम्तेल स्मृति कप खुल्ला महिला, पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजना र मनास्लु युवा क्लव बहाँकोटको व्यवस्थापनमा आउँदो चैत १२ गतेदेखि १५ गतेसम्म ताकुकोटको खेलमैदानमा सो प्रतियोगिता गर्न लागिएको हो ।


खेलकुद कार्यक्रमको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।


प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले टिम दर्ता खुल्ला गरिसकेको छ । आउँदो शुक्रबार साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने गरी आयोजकले सूचना गरेको छ ।


प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेले रु एकलाख नगद, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु ७० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु ४० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र र चौथो हुनेलाई रु १५ हजार नगद, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको गुरुङले जानकारी दिए ।


त्यस्तै सोही अवसरमा पाँच किलोमिटर दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ । दौडमा प्रथम हुनेलाई आठहजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ६ हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई ४ हजार नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने गुरुङले जानकारी दिए । प्रतियोगितामा विभागीय तथा राष्ट्रिय खेलाडीलाई सामेल नगराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्