
धार्चे गाउँपालिकालाई आरोहीको गाउँपालिका घोषण गर्न माग
उत्तरी गोरखाको धार्चे गाउँ पालिकालाई ‘आरोहीेको गाउँपालिका’ घोषण गर्न माग गरिएको छ । धार्चे ४ लाप्राकस्थित भूमेडाँडामा आइतबार सम्पन्न गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही स्वर्गीय इमानसिँह गुरुङको शालिक अनावरण एवं आरोही संग्रहालय उद्घाटनको क्रममा बक्ताहरुले सो माग गरेका हुन् ।

धार्चे गाउँपालिका गाउँपालिकाभित्र ६ हजारदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या ५० जना भन्दा बढी रहेको, गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमानसिंह गुरुङको गाउँपालिका भएकाले पनि धार्चेलाई ‘आरोहीेको गाउँपालिका’ घोषणा गर्नुपर्र्ने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले माग गरे ।

धार्चेकै युवाहरुको सक्रियतामा हिमाल चढ्ने आरोहीहरुको हक अधिकार तथा पर्वतारोहणमा प्रोत्साहन गर्न नेपाल राष्ट्रिय पर्वतारोहण प्रशिक्षक संघ खोलिएको र जिल्लाकै पहिलो प्यारा ग्लाइडर तथा थुपै्र प्लाराग्लाइटर उत्पादन गरेको साथै यस गाउँपालिका भित्र १० जना महिला गाइड भएकाले पनि आरोहीका. गाउँपालिका घोषण गर्नुपर्ने उनको माग छ ।

साथै धार्चे गाउँपालिकाले दक्षिण एसियाकै दोस्रो अन्तर्राष्ट्रिय माउन्टे नियरिङ गाइड उत्पादन गर्न सफल भएको, गण्डकी प्रदेशका पहिलो ११ र १२ कक्षामा पर्यटन पर्वतारोहण विषयको पढाई सुरु भएको अध्यक्ष गुरुङले तर्क गरे । धार्चे गाउँपालिकालाई नेपालको घुम्नुपर्ने १० वटा गनन्तव्यमा सिफारिस गर्न समेत प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

सोही मागसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई गाउँपालिकाले ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त पत्र बुझदै मुख्यमन्त्री पोखरेलले धार्चेलाई आरोहीको गाउँपालिका घोषण गर्न तत्पर रहेको बताए । उनले भने, ‘प्रदेश क्याबिनेटले सिधै घोषणा गर्न मिल्छ वा मिल्दैन थाहा छैन ।

मिल्छ भने हामी यस गाउँपालिकालाई आरोहीको गाउँपालिका घोषणा गर्न तत्पर छौँ । सम्भावना बोकेका गाउँहरु देश बहिर चिनाउनका लागि निश्चित रुपमा प्रदेश सरकार तपाइहरुको साथमा हुनेछ । त्यसमा ढुक्क हुनुहोस् ।’




