| मङ्लबार, कार्तिक २४, २०८३

चुनावको तीब्र तयारीमा जिल्ला निर्वाचन कार्यालय

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कार्यालयले तयारी तीब्र बनाएको छ । अहिले निर्वाचनको तयारी स्वरुप आवश्यक पर्ने जनशक्तिका लागि कार्यालयहरु बाट कर्मचारी बिवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए । स्थानीय तह र त्यहाँका विद्यालयमा कार्यरत शिक्षकको विबरण पालिकासँग माग गरिएको छ भने जिल्ला स्थित कार्यालयहरुसँग पनि कर्मचारी बिवरण मागिएको उनले बताए ।

निर्वाचन आयोगले मतदान केन्द्र तय गरेपछि जिल्लामा चुनावका लागि कति कर्मचारी चाहिन्छ भन्ने यकिन हुने निर्वाचन प्रमुख कोईरालाले जानकारी दिए । ‘अन्तिम मतदाता नमावली पनि आउन बाँकी छ, चैत दोस्रो सातासम्म आउन सक्छ’ उनले भने ।
जिल्ला निर्वाचन कार्यालयले आयोगमा दर्ता भएका क्रियाशिल दलहरुको बिवरण जिल्लामा पनि माग गरेको थियो । गोरखामा निर्वाचन आयोगमा दर्ता भएका र अहिले क्रियाशील रहेका दलहरुले बिवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

दलहरुले बिवरण बुझाउने अन्तिम दिन आईतवारसम्म थियो । राज नीतिक दलको कार्य समिति बिवरण, पदाधिकारी, समिति गठन भएको मिति माग गरिएको कार्यालय प्रमुख टेबहादुर कोईरालाले बताए । अहिले बिवरण नबुझाएका दलहरु जिल्लाको निर्वाचनमा सहभागी हुन पाउँदैनन् । स्वतन्त्र रुपमा भने कुनैपनि योग्यता पुगेका नेपाली नागरिक उमेद्वार हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्