| सोमवार, कार्तिक २३, २०८३

शसस्त्र प्रहरीद्वारा आगलागीको घटना अभ्यास

शसस्त्र प्रहरी बल गुल्म गोरखाले आगलागीबाट कसरी बच्ने वा आगो नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको छ ।

गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा आईतवार घटना अभ्यास गरेर विद्यार्थी, शिक्षक र अविभाबकलाई प्रशिक्षण दिइएको हो ।


घरमा रहेको ग्याँसमा आगलागी भएमा के गर्ने, कसरी सुरक्षित रहने भन्ने बारेमा शसस्त्र प्रहरी बल गुल्मका इन्सपेक्टरले जानकारी दिएका थिए ।

सुख्खायाम सुरुभए सँगै हुन सक्ने आगलागीका घटना र कसरी त्यसबाट बच्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा शैद्धान्तीक जानकारी पनि विद्यार्थीलाई दिइएको थियो ।
हिजोआज गोरखाका जंगलहरुमा आगलागीका घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्